टिभिएस (TVS) को दशैं अफर : १० लाखसम्म छुट, हरेक साता २.५ ग्राम सुनको सिक्का

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । टिभिएस मोटरसाइकल तथा स्कुटरको पोखरास्थित आधिकारिक डिलर स्क्वायर मोटर्स प्रालिले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै विभिन्न अफर सार्वजनिक गरेको छ।

स्क्वायर मोटर्सले शुक्रबार पत्रकार सम्मेलन गरी असोज १८ देखि २६ गतेसम्म पोखराको अमरसिंह चौरमा ‘दशैं मेगा एक्सचेन्ज इभेन्ट’ आयोजना गर्न लागेको जानकारी दिएको हो।

कम्पनीका अध्यक्ष आदर्शमान श्रेष्ठले दशैंको अवसरमा टिभिएसले ल्याएको योजनाबारे ग्राहकलाई जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए। उनले टिभिएसका अफर पोखरा र पोखरेली ग्राहकसम्म पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए।

कम्पनीका प्रबन्धक सन्तोष पोखरेलले योजनाअन्तर्गत टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट उपलब्ध हुने बताए। त्यस्तै, गोल्डेन की वा शतप्रतिशत क्यासब्याक, पुराना जुनसुकै ब्रान्डका बाइक तथा स्कुटरको आकर्षक मूल्यांकन, सहज फाइनान्स र निःशुल्क एसेसरिजको सुविधा रहेको उनले जानकारी दिए।

लक्की ड्रमार्फत हरेक हप्ता एक जनाले २.५ ग्रामको सुनको सिक्का जित्न सक्नेछन्। त्यस्तै, टिभिएसका इलेक्ट्रिक स्कुटर खरिदमा १० हजार रुपैयाँसम्म नगद छुट र ५ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा उपलब्ध रहेको पोखरेलले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले टिभिएसले ग्राहकको विश्वास जित्दै आफ्नो ब्रान्ड स्थापित गर्न सफल भएको बताए। कुनै पनि ब्रान्ड स्थापित गर्न ग्राहकको विश्वास महत्वपूर्ण हुने भन्दै उनले व्यवसायी र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताए।

अमरसिंह चौरमा हुने मेगा एक्सचेन्ज इभेन्टमा टिभिएसका विभिन्न मोटरसाइकल, स्कुटर तथा इलेक्ट्रिक स्कुटरको अवलोकन र टेस्ट राइड गर्न सकिने कम्पनीले जनाएको छ। कार्यक्रममा पुराना बाइक तथा स्कुटर एक्सचेन्जको सुविधा समेत रहनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्