शनिबारदेखि ११औँ राष्ट्रिय सेपाक ताक्रो प्रतियोगिता पोखरामा

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पोखरा । शनिबारदेखि ११औँ राष्ट्रिय सेपाक ताक्रो प्रतियोगिता पोखरामा हुने भएको छ। गण्डकी प्रदेश सेपाक ताक्रो संघकाे आयोजनामा कात्तिक १४ देखि १७ गतेसम्म पोखरा रङ्गशालास्थित मल्टीप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुन आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। प्रतियोगिता दैनिक बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालका सातवटै प्रदेश तथा विभागीय टोली नेपाली सेनाका महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ। पुरुषतर्फ टिम रेगु, रेगु, क्वाड, डबल तथा टिम इभेन्ट र महिलातर्फ रेगु तथा क्वाड इभेन्टमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय सेपाक ताक्रो महासंघ (ISTAF) को नियमअनुसार सञ्चालन गरिनसेपाक ताक्राे संघका केन्द्रिय अध्यक्ष नेत्रप्रसाद गुरुले जानकारी दिए ।

प्रतियोगिताका लागि कुल २२ लाख २९ हजार ४०० रुपैयाँ खर्च र २५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको गण्डकी प्रदेश सेपाक ताक्रो संघका अध्यक्ष श्यामबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ।  प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, प्रतियोगितामा सहभागी टोलीलाई २०/२० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

खेलकुदको विकाससँगै पोखराको पर्यटन प्रवर्द्धन, स्थानीय व्यवसायमा आर्थिक गतिविधि वृद्धि तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताईएकाे छ ।

प्रतियोगिताले पोखरालाई राष्ट्रिय स्तरमा खेलकुद तथा पर्यटनको गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने आयाेजककाे विश्वास छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्