पोखरामा आकस्मिक रक्तदान, ६१ युनिट रगत संकलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख
  • ख+

पाेखरा । पोखरामा रगतको मौज्दात घट्दै गएपछि बुधबार आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ। कार्यक्रमबाट ६१ युनिट रगत संकलन भएको छ।

रक्तसञ्चार केन्द्रका कार्यवाहक प्रमुख महेन्द्र केसीले रगत अभावबारे जानकारी गराएपछि आकस्मिक रूपमा कार्यक्रम आयोजना गरिएको शान्ति दीप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिश्चन्द्र शर्माले जानकारी दिए।

पोखरामा रहेका सबै संस्थाले आफ्नो क्यालेन्डरअनुसार नियमित रक्तदान कार्यक्रम सञ्चालन गरेमा रगतको अभाव नहुने उनको विश्वास छ।

रगतको माग भएका बेला आकस्मिक रक्तदान युनिट तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका स्ट्यान्डबाइ रक्तदातामार्फत पनि तत्काल रगत व्यवस्थापन गर्न सकिने उनले बताए।

स्वस्थ व्यक्तिले १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेपछि ६५ वर्षसम्म रक्तदान गर्न सक्ने उनको भनाइ छ।

रक्तदानलाई निरन्तरता दिन सबैलाई आग्रह गर्दै उनले रक्तदानले आवश्यक परेको बेला बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्