फिर्के तमु समाज घर जाने बाटाे (ज्याेति मार्ग)काे ढलान कार्य शुरु

सिटी पोखरा
  • ख-
  • ख+

तिर्थ के सी/पाेखरा । पाेखरा वडा नम्वर ५ मालेपाटनकाे ज्याेति मार्गकाे ढलान कार्य शुरु भएकाे छ ।

पाेखरा बाग्लुङ हाईवेबाट तीन सय ५० मिटर भित्र रहेकाे फिर्के तमु समाज घर जाने बाटाे (ज्याेति मार्ग) निर्माणका लागि गत माघ १० गते निर्माण सम्झाैता भई २०७९ असार १० गते सम्पन्न गर्ने लक्ष्य राखेकाे छ ।

२४ लाख ३२ हजार  ४ सय २० रुपैयाँ लागतमा निर्माणकाे ठेक्का पाएकाे सिद्दि विनायक कन्सल्टेन्सी एण्ड विल्डर्सले काम शुरु गरिसकेकाे र अहिले साेलिङ र जाली बुन्ने कार्य भईरहेकाे शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर विनाेद पराजुलीले जानकारी दिए ।

बाटाे ढलानका लागि नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयाेजना कार्यान्वयन इकाई कास्कीले सहयाेग गरेकाे छ । जसकाे संयाेजन फिर्के तमु समाजका अध्यक्ष डम्वर गुरुङले गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्