शितलज्योति युवा क्लबको निःशुल्क दन्त एवं स्वास्थ्य शिविरमा ८० हजार बराबरको औषधी निःशुल्क

  • ख-
  • ख+

पोखरा । शिलतज्योति युवा क्लबले आफ्नो नवौ बार्षिक उत्सवको उपलक्ष्यमा आयोजना गरेको निःशुल्क दन्त एंव महिलाको पाठेघर क्यान्सर संबन्धि शिविर शनिबार सम्पन्न गरेको छ ।

पोखरा १२ वडा कार्यालय भवन प्राङ्णमा सम्पन्न भएको निःशुल्क शिविरमा २ सय ८० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । जसमा दाँत तर्फ १ सय २५ र महिला तर्फ ५५ जना रहेको कार्यक्रम संयोजक बिमला गुरुङले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि एंव शितलज्योति युवा क्लबका सल्लाहकार मादी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवि जङ्क गुरुङले क्लबले गरेको कार्यहरु समाज लक्षित भएको बताउदै शितलज्योती युवा क्लबको प्रशसा गर्नु भयो ।

क्लबलाई खेलकुद मैदान र भवनको आवश्यकता रहेको आफुले पनि महशुस गरको उल्लेख गर्दे त्यसको लागि संवन्धित संस्था संग सक्दो पहल गरिदिने बताए ।

निःशुल्क दन्त एंव महिला स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर स्रेराना श्रेष्ठ, दन्त रोग विशेषज्ञ डाक्टर ओसिन थापा बज्राचार्यले बिरामी जाँच गरेका थिए ।

क्लबका अध्यक्ष नर प्रसाद गुरङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्यकर्मी माया गुरङ,अस्मिता घिमिरे,कृष्ण बज्रार्चाय,मनु गुरुङ,मेडिकल रिप्रिजेन्टिभ कृष्ण कान्त सापकोटा,निश्चल रन्जित,रोशन पौडेल,कमल पुरी लगायतले प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रममा क्लबका आजिवन संरक्षक बिमल बसेल,सल्लाहकार मिन गुरुङ,पोखरा १२ का वडा सदस्य शान्त थापा,क्लबका द्धितिय उपाध्यक्ष मिन प्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

माटेपानी युथ एसोसिएसन यूकेका प्रतिनिधि शितलदेवि निवासी रुपा गुरुङले सो कार्यक्रमको सफलताको शुभकामना सहित नगद ११ हजार ५१ रुपैया आर्थिक सहयोग गरेका थिईन ।

सफल टेन्ट हाउस र सुरज फार्मेसी एण्ड डेण्टल केयर शितलदेवि पोखरा १२ को विशेष सहयोग रहेको उतm कार्यक्रममा ८० हजार रकम बराबरको औषधी निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक गुरुङले बताईन ।

सो कार्यक्रममा हालै सम्पन्न भएको स्थानिय चुनावमा निर्वाचित भएका क्लबका सल्लाहकार मादी गाउँपालिकाका अध्यक्ष देवि जङ गुरुङ,पोखरा १२ का निर्वाचित सदस्य गोविन्द प्रसाद सिग्देल,शान्ति कोइराला,गोमा देवि परियार,शान्त बहादुर थापालाई कार्यकालको सफलताको शुभकाना सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कास्की लिगमा दोस्रो स्थान हासिल गर्न सफल शितलज्योति युवा क्लबका खेलाडी,प्रशिक्षक र व्यवस्थापकलाई पनि सम्मान गरिएको क्लबका सचिव पूर्ण बहादुर गुरुङले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्