
पाेखरा ।
हेमजा स्वास्थ्य चाैकीकाे आयाेजनामा बुधवार पाेखरा २५ हेमजामा मनाेराेग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा वरिष्ठ मनाेचिकित्सक प्रा.डा.देशराज बहादुर कुँवरले मनाेराेगकाे कारण, लक्षण र यसबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा जानकारी गराएका थिए।
मनाेराेग भएका व्यक्तिमा चाडै रिसाउनु, स्मरण शक्ति घट्दै जानु , खाना खान कम हुदै जानु, ताैल कम हुनु , एकै ठाउमा बसिरहन मन नलाग्नु ,मन स्थिर नहुनु ,निन्द्रा कम लाग्नु , घर परिवार आफन्तसँग झिँझिन्नु, समाजबाट टाढा हुन खाेज्नु र अन्तमा मर्ने समेत याेजना बनाउने लक्षण देखिन्छन् । भने याे समस्या महिलामा बढि २५%र पुरूषमा १२% हुने गरेकाे तथ्याङ्क रहेकाे डा.कुवरले बताए ।
पाेखरा महानगर पालिका स्वास्थ्य महाशाखाका प्रमुख कृष्णप्रसाद अर्यालले मनाेराेग सम्बन्धी सचेतना कार्यक्रम बेला बेलामा विभिन्न वडामा गर्दै आएकाे र यस्ता कार्यक्रमले मनाेराेग लाग्नबाट जाेगिने हुदा यस्ता कार्यक्रम अति आवश्यक बताएकाे बताउँदै यसका लागि महानगरले बजेट समेत छुट्टयाएकाे जनाए ।
कार्यक्रममा स्वास्थ्य महाशाखामा असल कार्य सम्पादन गरेकाेमा आर्थिक प्रशासन शाखाका लेखापाल गाेविन्दप्रसाद देवकाेटालाई सम्मान गरिएकाे थियाे ।
पाेखरा २५ का वडाध्यक्ष माेतिराज तिमिल्सिनाकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन हेमजा स्वास्थ्य चाैकीका प्रमुख कुश्मराज सुवेदी र स्वागत स्वयमसेवी हरिदेवी कुँवरले गरेकी थिईन भने कार्यक्रममा हेमजाका विभिन्न संघ संस्था ,राजनीतिक दलका प्रमुख, आमा समुह ,स्वास्थ्य स्वयमसेविका लगायतकाे उपस्थिति रहेकाे थियाे ।