पूर्णखोप सुनिश्चितताको लागि पाेखरा २५ मा घर-घरमा बालबालिकाकाे तथ्यांक लिदै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पूर्णखोप सुनिश्चितताको लागि पाेखरा २५ मा घर घरमा तथ्यांक लिने काम आईतवारदेखि सुरु भएकाे छ ।

जन्मदेखि १५ महिनासम्मकाे बालबालिकाले राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत पूर्ण खाेपकाे मात्रा पाए नपाएकाे तथ्यांक संकलन गर्दै खाेपकाे मात्रा पुरा नभएका बालबालिकालाई पूर्ण खाेपकाे मात्रा लगाई पूर्ण खाेप सुनिश्चितता गर्ने अभियान अन्तर्गत याे कार्यक्रम शुरु गरिएकाे हाे ।

पाेखरा २५ भित्र बालबालिका रहेकाे सबै घरमा पुग्ने गरि ५ जना कर्मचारीहरु ५ क्षेत्रमा ५ दिनसम्म खटिने छन् भने उनीहरुलाई सम्वन्धित टाेलका स्वास्थ्य स्वयंमसेविकाले प्रत्यक्ष रुपमा सहयाेग गर्नेछन् ।

फिल्डमा खटिएका कर्मचारीले वडाभित्र भएका बालबालिकामध्ये पूर्ण खाेप लगाएका बालबालिका र पूर्ण खाेप लगाउनबाट छुटेका बालबालिकाकाे तथ्यांक संकलन गरि खाेप छुटेका बालबालिकालाई पुन: खाेप कार्यक्रममा सहभागी गराउनेछन् ।

फिल्डमा खटिने कर्मचारीलाई कार्य प्रगतिकाे शुभकामना दिदै पाेखरा २५ का कार्यबाहक वडाध्यक्ष तथा कार्यपालिका सदस्य धना तिमिल्सिनाले वडाकाे तर्फबाट जनप्रतिनिधिकाे हैसियतले आफ्नाे वडालाई पूर्ण खाेप वडा सुनिश्चितता गर्न आवश्यक पर्ने सम्पूर्ण सहयाेग गर्ने बताईन् ।

हेमजा स्वास्थ्य चाैकीका सुचना अधिकारी खेम गुरुङले पूर्ण खाेपकाे मात्रा लगाउन छुट्ने तीन अवस्था (मिस अपरचुनिटि, डिले, जिराे सेड्युल) बारे बताउँदै नियमित खाेप लगाउन छुटेका बालबालिकालाई छुटेकाे समय, खाेपकाे प्रकार र खाेपकाे मात्रा अनुसार ५९ महिनासम्म पूर्ण खाेप दिन सकिने बताए ।

१८,३१४ जनसंख्या रहेकाे पाेखरा २५ मा १ वर्ष मुनिका २३० जना र ५९ महिनामुनिका ११८ जना बालबालिका रहेकाे तथ्यांक छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्