पोखरा । पोखरा १२ मा रानीपौवामा रहेको मार्गदर्शन एकेडेमीमा भएको रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाईटी पोखरा १२ उपशाखा र मार्गदर्शन एकेडेमीकको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको हो । शनिवार भएको कार्यक्रममा गण्डकी प्रदेश रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा गरेको थियो ।
कार्यक्रम मार्गदर्शक एकेडेमीका म्यानेजिङ डाइरेक्टर पुरन श्रेष्ठले सेवा र समाजका लागि रक्तदान अपरिहार्य रहेकोले रक्तदान कार्यक्रम आयोजना गरेको बताए । उनले एकेडेमीले पढाई मात्र केन्द्रित नभई समय समयमा सामाजिक कार्यहरु पनि गर्दै आएको जानकारी दिए । जिन्दगी कितावसँग मात्र नभएर व्यवहारसँग पनि हुने बताउँदै आज कसैलाई दिईृराख्यौ भने अरुसँग पनि लिन पाउने उल्लेख गरे ।
उनले विद्यार्थीहरुको विचमा ओरल डेन्टल, हेल्थ केयर, आँखा चेकअफ, व्लड डोनेशन, स्वास्थ्य परिक्षण उनीहरुको जिन्दगीमा आईपरेका विभिन्न समस्याहरुलाई सजिलैसँग समाधान गर्न मार्गदर्शन पछि नहट्ने बताए ।
श्रेष्ठले मार्गदर्शन पढ्ने ठाउँ मात्र नभएर विद्यार्थीहरुले सिक्ने र बन्ने ठाउँ भएको उल्लेख गर्दै भोलि मार्गदर्शनबाट पढेर घर फर्केपछि घर थन्किनुभन्दा समाजसेवामा लाग्ने मनस्थितिको विकास गरेर निकाल्ने ठोकुवा गरे ।
यसअघि आयोजकले हस्पिटल चोकमा रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको छ । शनिवार मात्र छुट्टाछुट्टै भएको रक्तदान कार्यक्रममा जम्मा ९१ युनिट रगत संकलन भएको हो ।
कार्यक्रममा नेपाल सोसाइटी प्रादेशिक रक्तसञ्चार प्रमुख अर्जुन ज्ञवालीले रगत संकलन कार्य जारी रहदा पनि ए पोजेटिभ रगत अभाव रहेको बताउँदै अझै पनि प्रत्येक दिन रक्तदान कार्यक्रम हुन आवश्यक रहेको बताए । उनले गण्डकी प्रदेश भरि जो कसैलाई रगत अभाव भएमा नि:शुल्क रुपमा रगत प्राप्त गर्न सकिने जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटी पोखरा १२ उपशाखाका सभापति कुस्मराज आचार्यले गैह्रसरकारी संस्थामा रेडक्रस सोसाईटी पोखरा १२ उपशाखा अव्वल संस्था भएको स्पष्ट पारे उनले रक्तदानका कार्यक्रम, स्वास्थ्य शिविर,सामूदायिक विद्यालयमा अभिमुखिकरण,प्रत्येक महिना स्वास्थ्यसँग सम्वन्धित कार्यक्रम गरिने उल्लेख गरे ।
नेपाल रेडक्रस सोसाईटी कास्की स्वास्थ्य सेवा समितिको कार्यसमिति सदस्य हरिशरण शमाले रक्तदान अमुल्य सेवा तथा धर्म भएको बताउँदै प्रत्येक स्वस्थ व्यक्तिले स्वस्फुर्त रुपमा रक्तदान गर्न आग्रह गरे ।