आँखा पाक्ने राेगकाे संक्रमण बढेपछि पाेखराका विद्यालयहरु ३ दिन बन्द हुने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरामा आँखा पाक्ने राेगकाे संक्रमण बढेपछि पाेखरा महानगरपालिकाभित्रका सामुदायिक, संस्थागत र मन्टेसरी स्कुलहरु बुधवारदेखि तिन दिन बन्द हुने भएका छन् ।

महानगरले पाेखरा महानगरपालिकाका विभिन्न स्थानमा आँखा पाक्ने राेगले आक्रान्त पारेकाे हुदा र यसकाे प्रभाव विद्यालयमा समेत परेकाे हुदा ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे ।

महानगरले मंगलवार सूचना प्रकाशित गरि विद्यालय बन्द गर्ने जानकारी गराएकाे हाे  ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्