पोखरा । सल्युट गोर्खा भर्ति तालिम केन्द्र पोखराले रु. २ लाख २५ हजारसम्मको नगद पुरस्कार र १५५ जनालाई छात्रवृत्ति दिने भएको छ ।
देशकै अग्रणी भर्ति तालिम केन्द्रका रुपमा परिचित यस तालिम केन्द्रले द राईजिङ मन्थ अफ द सल्युट गोर्खाको अवसरमा यस फ्रेवुअरी महिनामा भर्ना हुनेहरुका लागि नगद पुरस्कार र छात्रवृत्ति दिने भएको हो ।
सल्युट गोर्खाका अध्यक्ष राहुल पाण्डेले सल्युट गोर्खा स्थापनाको १५ वर्ष पूरा भई १६ वर्षमा प्रवेश गरेकाे अवसरमा विभिन्न पुरस्कार र छात्रवृत्तिको अवसर प्रदान गर्न लागिएको बताए ।
उनका अनुसार २०२४ को फ्रेवुअरी महिनामा सल्युट गोर्खाको मुख्य कार्यालयसहित शाखा कार्यालयमा समेत लाहुरे भर्ति इन्टेक २०२४/२५ काे लागि भर्ना हुने विद्यार्थीहरुले पुरस्कार र छात्रवृत्तिको अवसर पाउनेछन् । यसअघि भर्ना भईसकेका विद्यार्थीहरुले भने यो अवसर पाउने छैनन् ।
सल्युट गोर्खाको मुख्य कार्यालय पोखरा १४ मा रहेको छ भने काठमाण्डौं बसुन्धारा, ललितपुर सातदोबाटो, दाङ घोराही, बुटवल कालिकाचोक र चितवन ओमशान्ति टोलमा शाखा कार्यालय रहेका छन् ।
विशेषगरी जसको लाहुरे हुने सपना छ,योग्य छ,आर्थिक रुपले विपन्न भएर तालिम केन्द्रमा जान नसक्ने, छात्रबासमा बस्न नसक्ने आर्थिक अवस्था कमजोर भएका जोसुकै नेपाली युवाहरु अवसरबाट बञ्चित नहोउन भन्ने उद्देश्यले संस्थाको स्थापना महिनाको अवसर पारेर सल्युट गोर्खामा पुरस्कार तथा छात्रवृत्तिको अवसर प्रदान गर्न लागेको संस्थाका अध्यक्ष पाण्डेले बताए ।
उनले भने—‘तपाईमा लाहुरे बन्ने चाहाना छ भने प्रयास गर्नुस, एकचोटी असफल भए भन्दैमा आफूलाई नरोक्नुस, विभिन्न बाहाना नवनाउनुस, चिटिङ गरेर अगाडी नबढ्नुस, हरेश नखानुस, जति प्रतिसपर्धा भए पनि नछोड्नु, आफ्नो लक्ष्य प्राप्तिको लागि रिस्टार्ट गर्नुस, अवश्य सफल हुनुहुनेछ । तपाईको लक्ष्य प्राप्तिमा साथ दिनको लागि सल्युट गोर्खा सधैं तयार छ ।’
सल्युट गोर्खाबाट दिईने नगद पुरस्कारको छनोट लक्की ड्रबाट हुनेछ भने छात्रवृत्तिमा सहभागि हुनका लागि केहि शर्तहरु पूरा गर्नुपर्ने संस्थाले जनाएको छ ।
पुरस्कारकाे लागि फेव्रुअरी महिनाभरिमा सल्युट गाेर्खाका जुनसुकै शाखामा भर्ना भएकाे भाैचरकाे अर्धकट्टी जम्मा गरिनेछ र महिनाकाे अन्तिममा लक्की ड्र हुनेछ ।
यस्तै छात्रवृत्तिकाे लागि परिवारको आर्थिक अवस्था कमजोर भएको प्रमाणित गरि सम्वन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्नेछ र तिन पटकसम्म तालिम केन्द्रले लिईने टेस्टमा इम्प्रूभ हुनुपर्नेछ ।
संस्थाका अध्यक्ष राहुल पाण्डेले सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रा. लि. ले शत–प्रतिशत आफ्ना विद्यार्थीहरुलाई आवश्यकता अनुसारको पूर्वाधारहरु प्रदान गर्दै आइरहेको जनाए ।
उनले भर्ति प्रक्रियामा विचौलिया प्रथा देखेर त्यसको विरुद्ध २००९ मा आफुले भर्ति केन्द्रको स्थापना गरेको बताए ।
यस तालिम केन्द्रले गोर्खा भर्तिको मौका पारेर केहि व्यक्ति तथा तालिम केन्द्रहरुले गर्ने आर्थिक चलखेल, लेनदेन र दिईने झुटा आश्वासन विरुद्ध निरन्तर आवाज उठाउँदै आएको अध्यक्ष पाण्डेको भनाई छ ।
सल्युट गोर्खाले नि:शुल्क प्रि–मेडिकल चेक एवं आवश्यक परामर्श दिंदै आएको छ । साथै सल्युट गोर्खा एप डाउनलोड गरेर गोर्खा भर्ति सम्बन्धि किताव, सम्भावित प्रश्नपत्र तथा विभिन्न अनलाइन सेवाहरु नि:शुल्क उपयोग गर्न सकिन्छ ।
भर्ति हुनका लागि चाहिने आधारभूत आवश्यकताहरुका बारेमा फोन, सामाजिक सञ्जाल ( फेसबुक/युट्युब) मार्फत वा तालिम केन्द्रको कार्यालयमै उपस्थित भएर समेत जानकारी लिन सकिन्छ ।
सल्युट गोर्खा स्थापनाकालदेखि नै नेपालबाट दक्ष र इमान्दार युवा जनशक्ति उत्पादन गरी ब्रिटिश, सिंगापुर, इन्डियन आर्मी लगायत नेपाल आर्मी क्याडेट र लगाएत विभिन्न देशहरुमा गोर्खा सैनिक भर्ति गराउन सफल संस्था हो ।
सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा.लि. सन् २०२२–२०२३ को एसियाको बेस्ट गोर्खा भर्ति तथा प्रशिक्षण एकेडेमी अवार्ड र २०२२–२०२३ को एसियाको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र अवार्डबाट सम्मानित भईसकेकाे छ ।
पोखरामा प्रधान कार्यालय रहेर देशका विभिन्न जिल्ला शाखा कार्यालय स्थापना गरी सेवा दिदै आएको सल्युट गोर्खा करिव तीन सय जनालाई व्रिटिस आर्मी र सिंगापुर पुलिस साथै करिव पाँच सय जनालाई इण्डियन आर्मीमा भर्ति गराउन सफल भएको संस्था हो ।