सञ्चार क्षेत्र बलियो भएमा लोकतन्त्र बलियो’

  • ख-
  • ख+

गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक मायानाथ अधिकारीले सञ्चार क्षेत्र बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताएकि छन । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ, लमजुङ शाखाको समन्वयमा आज बेँसीशहरमा आयोजित पत्रकार आचांरसहिता र कोभिड–१९ले मिडियामा पारेको प्रभावबारे आयोजित अन्तरक्रियामा उनले लोकतन्त्र ल्याउन मिडिया र नागरिक समाजको पनि भूमिका रहेको स्मरण गरे । काउन्सिलका बोर्ड सदस्य दुर्गा भण्डारीले मिडिया काउन्सिल बोर्ड बनाएर सबै संचारमाध्यमलाई समेटेर लैजानुपर्ने बताउँदै कोभिड–१९ पछि श्रमजीवी पत्रकारलाई दिइएका हैरानीबारे राज्य र सम्बन्धित निकायले अनुगमन गर्दै आएको जनाए । कार्यक्रममा सहभागी पत्रकारले कोरोनाको संक्रमणको जोखिमका साथै जागिर गुम्ने जोखिम, संचारमाध्यम टिकाउन मुस्किल परेको स्थितिमा काउन्सिलले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्