पत्रकार महासंघ गण्डकीमा मनोनयन दर्ता, रमेश पौडेल र गोविन्द सुवेदीबीच रोचक प्रतिस्पर्धा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आगामी नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। आगामी शुक्रबार हुने मतदानमा रमेश पौडेल र गोविन्द सुवेदीले प्रदेश समितिको नेतृत्वमा उम्मेदवारी दिएका छन्। प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन बमोजिम गण्डकी प्रदेश समितिमा नेतृत्वको समीकरण बनेको छ। प्रेस स्वतन्त्रता सेनानी रमेश पौडेल गठबन्धनमा साझा उम्मेदवार हुन् भने गोविन्द सुवेदी यसअघि महासचिव पदमा कार्यरत थिए।

महासंघमा उपाध्यक्षमा घनश्याम पाण्डे, प्रकाश पौडेल, यदुनाथ बञ्जारा, महिला उपाध्यक्षमा कमला खत्री केसी र मायाकुमारी अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ। यसका साथै महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियार, सचिवमा ताराप्रसाद शर्मा र भविष्वर पाण्डे, सचिव समावेशीमा रामबहादुर घले परियार र रोशनी गुरुङ प्रतिस्पर्धामा छन्।

कोषाध्यक्षमा अग्निधर लुइँटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिना उम्मेदवार रहेका छन्। सदस्यमा बिजय नेपाल, श्रीकृष्ण सिग्देल, गणेश पहारी, छविलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुवेदी, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाले उम्मेदवारी दिएका छन्।

महिला सदस्यमा ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारी मनोनयन दर्ता गरेकी छन्। दलितमा अमीतकुमार विश्वकर्मा र विजय नेपाली, आदिवासी जनजाति तर्फ तिलकप्रसाद पुन (तिलक पुन), पदम श्रेष्ठ र मञ्जुल शाक्य प्रतिस्पर्धामा छन्।

अल्पसंख्यक सदस्यमा भने सुन्दरकुमार थकालीको मात्र मनोनयन परेको छ।

निर्वाचन समिति संयोजक कोमलनाथ बरालका अनुसार उम्मेदवार फिर्ता लिनेलगायत दाबी विरोधका लागि २६ मंसिर बिहान १० बजेसम्म समय तोकिएको छ। अन्तिम नामावली मंगलबार दिउँसो १ बजे प्रकाशित हुनेछ।

२८ मंसिर (शुक्रबार) का दिन मतदान बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म पोखराको मुस्ताङचोकस्थित पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय परिसरमा हुनेछ।

जिल्लास्तरीय मनोनयन प्रक्रिया भने २६ मंसिरमा हुने कार्यक्रम अनुसार तय गरिएको छ। यस निर्वाचनले गण्डकी प्रदेशमा पत्रकारिता क्षेत्रमा नयाँ नेतृत्वको निर्माणमा महत्वपूर्ण भूमिका निभाउने सम्भावना छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्