२५ हजारमा झर्‍यो उपत्यकाको सक्रिय सङ्क्रमित, आज थप १,२६३ जनामा सङ्क्रमण

  • ख-
  • ख+

केही समयअगाडीसम्म सक्रिय सङ्क्रमितको संख्या ४५ हजारभन्दा माथि रहेकको काठमाडौं उपत्यकामा अहिले सो संख्खा २५ हजारमा झरेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणअनुसार सोमबार मध्यान्हसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका सक्रिय सङ्क्रमितको संख्या २५ हजार ५९५ रहेको छ । यो संख्या भनेको कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचार गराइरहेका वा घरमा होम आइसोलेशनमा बसेका बिरामीको हो ।

उपत्यकाका तीन जिल्लामा मध्ये सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौंमा छन् । त्यहाँ १४ हजार ७९५ जना सक्रिय सङ्क्रमितकै रुपमा रहेको मन्त्रालयले जनाएको छ ।

थप १ हजार २६३ जनामा सङ्क्रमण

सोमबार देशभर भेटिएका ४ हजार ७६२ सङ्क्रमितमध्ये उपत्यकाका १ हजार २६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज काठमाडौंमा ८९०, भक्तपुरमा १२१ र ललितपुरमा २५२ जनामा सङ्क्रमण देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्