अनलाइनमा प्रकाशित समाचारकाे पूर्व मुख्यमन्त्रीद्वारा ध्यानाकर्षण

  • ख-
  • ख+

पाेखरा ।

मंगलबार यस अनलाइन पत्रिका सिटिपाेखरा डट कममा प्रकाशित “निवर्तमान मुख्यमन्त्री गुरुङ र मनाङेका सहयाेगी विच भेट” शिर्षकमा प्रकाशित समाचारप्रति गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा ध्यानाकर्षण भएकाे जनाएका छन् ।

बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै पूर्वमुख्यमन्त्री गुरुङका तर्फबाट उनका प्रेस संयोजक विक्रम न्यौपानेले समाचारकाे खण्डन गर्दै ध्यानाकर्षण भएकाे जनाएका हुन् ।

ध्यानाकर्षणमा कृपया झुठको खेती नगरौं । हल्ला नपत्याऔं भन्दै राजीवका सहयाेगि या प्रतिनिधिसँग छलफल नभएकाे बताईएकाे छ । साथै अनलाइनमा प्रकाशित समाचार झुटाे भएकाे र प्रदेश सभाका सांसद राजीवसँग मन्त्रिपरिषदको अन्तिम बैठकभन्दा अघिल्लो दिनपछि आजसम्म भेटघाट र कुराकानी नभएकाे भनिएकाे छ ।

ध्यानाकर्षणमा भनिएकाे छ:-“माननीय पूर्वमुख्यमन्त्रीज्यू विधि, पद्धति र लोकतान्त्रिक अभ्यासको पुजारीमात्रै हुनुहुन्न, त्यसको असली अभ्यासकर्ता पनि हुनुहुन्छ भन्ने पटकपटक उहाँका व्यवहारबाट पुष्टि भइसकेको छ । यसमा कुनै भ्रम राख्न जरुरी छैन । राजनीतिमा नैतिक सिद्धान्तका आधारमा मात्रै अघि बढ्ने पूर्वमुख्यमन्त्रीज्यूको छविलाई धुमिल पार्ने दुरासय राखेर फिजाइएका हल्लाको पछि नलाग्न र त्यस्ता झुठा समाचार नपत्याउन विशेष अनुरोध छ ।”

पूर्वमुख्यमन्त्रीज्यूलाई लिएर सांसद राजीवबाट पछिल्लो समय आएका अभिव्यक्तिसमेत अशोभनीयमात्रै होइन आपत्तिजनक रहेकाे समेत ध्यानाकर्षणमा उल्लेख छ ।

स्मरण रहाेस मंगलवार प्रकाशित समाचार लेखकले कपाेकल्पित रुपमा नलेखेकाे र गण्डकी प्रदेश सरकारका विना विभागिय मन्त्री राजीव गुरुङ (दीपक मनाङे) का विशेष सहयाेगी राेनित गुरुङले भनेका भनाईलाई जस्ताकाे त्यस्तै राखिएकाे हाे ।

मंगलवार प्रकाशित समाचार

फेसबुकमा पाेष्ट गरिएकाे ध्यानाकर्षण ! जस्ताकाे त्यस्तै

कृपया झुठको खेती नगरौं । हल्ला नपत्याऔं ।

राजीवका सहयोगीसँग छलफल भएको होइन ।

गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) सँग पूर्वमुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङज्यूलाई जोडेर बुधबार एउटा अनलाइन समाचार माध्यममा आएको समाचार झुठो हो । माननीज्यूले राजीव वा उनका सहयोगी या प्रतिनिधिसँग कुनै छलफल गर्नुभएको छैन ।

प्रदेश सभाका सांसद राजीवसँग मन्त्रिपरिषदको अन्तिम बैठकभन्दा अघिल्लो दिनपछि आजसम्म न भेटघाट भएको छ, न कुराकानी । र, सांसद राजीव गुरुङसँग त्यति बेला पनि समाचारमा भनिएको जस्तो विषयमा कुराकानी भएको थिएन ।

माननीय पूर्वमुख्यमन्त्रीज्यू विधि, पद्धति र लोकतान्त्रिक अभ्यासको पुजारीमात्रै हुनुहुन्न, त्यसको असली अभ्यासकर्ता पनि हुनुहुन्छ भन्ने पटकपटक उहाँका व्यवहारबाट पुष्टि भइसकेको छ । यसमा कुनै भ्रम राख्न जरुरी छैन ।

राजनीतिमा नैतिक सिद्धान्तका आधारमा मात्रै अघि बढ्ने पूर्वमुख्यमन्त्रीज्यूको छविलाई धुमिल पार्ने दुरासय राखेर फिजाइएका हल्लाको पछि नलाग्न र त्यस्ता झुठा समाचार नपत्याउन विशेष अनुरोध छ ।

पूर्वमुख्यमन्त्रीज्यूलाई लिएर सांसद राजीवबाट पछिल्लो समय आएका अभिव्यक्तिसमेत अशोभनीयमात्रै होइन आपत्तिजनक छन् । उहाँको राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यसहित त्यस्ता अभिव्यक्ति दिएर राजनीतिक र संसदीय मर्यादाको खिल्ली नउडाउन पनि विशेष आग्रह छ ।

विक्रम न्यौपाने
प्रेस संयोजक
पूर्वमुख्यमन्त्री, पृथ्वीसुब्बा गुरुङ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्