रसुवाबाट आएको बाढीले फुर्केखोला पुल बगायो, धादिङतर्फको आवागमन जोखिमपूर्ण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । रसुवातर्फबाट आएको बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगाएको छ। पृथ्वी राजमार्गबाट धादिङ सदरमुकाम जोड्ने त्रिशूली नदीमाथिको उक्त पुल बाढीले बगाएको हो।

बाढीका कारण धादिङतर्फको आवागमन प्रभावित भएको छ भने विभिन्न स्थानमा मानिसहरू फसेको बताइएको छ। गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार राजमार्गका विभिन्न स्थानसम्म पानीको सतह पुगेको छ।

उनले राजमार्गको यात्रा अत्यन्त जोखिमपूर्ण रहेको बताउँदै धादिङ क्षेत्रमा पानीको बहाव निरन्तर बढिरहेको जानकारी दिए।

बाढीका कारण राजमार्ग तथा आसपासका क्षेत्रमा थप जोखिम बढेकाले यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्