रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४१ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।

नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको सम्बन्धित सुरक्षा निकायले जनाएको छ।

बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालयमा समेत क्षति पुगेको छ।

सशस्त्र प्रहरीका अनुसार बीओपी टिमुरेमा कार्यरत ९ जना सुरक्षाकर्मी बाढीपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले टोली परिचालन गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्