राष्ट्रपति पौडेलद्वारा रसुवा बाढीपीडितको उद्धार र राहत तीव्र बनाउन आग्रह

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल तथा सामाजिक संघ–संस्थालाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले सुरक्षा निकायसहित सम्बन्धित सम्पूर्ण निकाय र आम नागरिकलाई समेत उद्धार तथा राहत कार्यमा जुट्न अनुरोध गरेका छन् ।

रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफू अत्यन्त दुःखी भएको राष्ट्रपति पौडेलले बताएका छन् ।

Photo : google

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्