प्रेस सेण्टर महानगर कमिटी पोखराद्वारा जनपक्षीय पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा

  • ख-
  • ख+

पाेखरा ।

प्रेस सेण्टर नेपाल महानगर कमिटी पोखराले आफ्नो पहिलो बैठकबाट जनपक्षीय पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय सहित घोषणा गरेको छ।

नेकपा माओवादी केन्द्र निकट प्रेस सेण्टर नेपाल शिवराज बस्ताकोटि (शिवदाइ ) अध्यक्ष रहने गरि ११ सदस्यीय प्रेस सेण्टर महानगर कमिटि पोखरा नेपालमै पहिलो पटक गठन भएको हाे ।

आफ्नो पहिलो बैठकमा कमिटीले पत्रकारका हक हित सरक्षणका लागि साथै व्यवसायिक पत्रकारितालाई स्थापित गराउँदै अगाडी बढाउने लक्ष्य सहित जनपक्षीय पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने लक्ष्य सहित ११ बुँदे घोषणा पत्र जारी गरेको छ ।

कमिटीका कुनै पनि सदस्य दुर्घटना वा घटना भएकै कारण घाइते भएमा न्युनतम दुई हजार नगद सहयोग गर्ने, कुनै पनि सदस्यको एकाघरमा आकस्मिक वा दुखद घटना भएमा न्युनतम पाँच हजार सस्थागत सहय‍ोग गर्ने, कुनै पनि सदस्य को परिवारमा नयाँ सदस्यले जन्म लिएमा रु. पाँच हजार सहित सन्मान गर्ने, एक मिडिया एक प्रेस सेण्टर सदस्य बनाउने प्रयास गर्ने, एक वडा एक पत्रकार अनिवार्य अभियानको थालनी गर्ने, प्रेस सेण्टर त्रैमासिक महानगर बुलेटिन प्रकाहनका लागि सक्दो प्रयास र अभ्यास गर्ने, संचार क्षेत्रलाइ सक्षम सबल बनाउन स्थलगत पत्रकारिता तालिमका लागि सम्वन्धित सरोकार निकायसग समन्वयन गरि तालिमको व्यवस्था गर्ने , श्रमजीवि ऐनमा उल्लेख भए बमोजिम श्रमजिवि पत्रकार हरुका जिविकोपार्जनका लागि भरोसायोग्य तलवका लागि सरकार तथा संचार गृह सग सहज वातावरण बनाउन अनुरोध गर्ने, कुनै पनि सचार गृहले आफु खुसि विना कारण निष्काशन गरेमा कमसेकम तीन महिनाको तलब दिनुपर्ने व्यवस्था मिलाउनका लागि पहल गर्ने घोषणापत्र सहित कार्यसमितिका उपाध्यक्ष राजेन्द्र शर्मा सचिव हिमलाल पौडेल कोषाध्यक्ष सपना विक लगायत कार्यसमिति सदस्यहरुको उपस्थितिमा रहेकाे अध्यक्ष बस्ताकोटीले जानकारी दिए ।

प्रथम बैठकमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र महानगर कमिटी अध्यक्ष विश्वप्रकाश लामिछानेले सफलताको शुभकामना दिदै पत्रकारिता भनेको सिङ्गो देशकै आधारशिला भएको र आवाज विहिन जनताको आवाज रहेको हुदा सत्य तथ्य यथार्थ समाचार लेख्न अनुरोध गरे।

देशमा परिवर्तन आउनुमा संचार जगतको महत्त्वपूर्ण भुमिका रहेको हुदा परिवर्तनका लागि अगाडि बढ्न सुझाव दिए ।

विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिनाले सफलताको शुभकामना यश अघि आफुहरु पत्रकारहरुको हक हित र सरक्षणका लागि सदा सहयोग गर्न लागि पर्ने बताए ।

प्रेस सेण्टर कास्कीका अध्यक्ष दवाडीले सफलताको शुभकामना दिदै महानगर कमिटि सँग हातेमालो गर्दै आफुहरु अगाडि बढ्ने जनाउदै पत्रकारको हकहित र सरक्षणका लागि मात्रै नभएर असल पत्रकारिताका लागि आफुले महानगर कमिटिलाइ सदा सहयोग गर्ने बताए।

व‌ैठक शुरु हुनुअघि पाटी अध्यक्ष पुष्पकमल दाहाल सुपुत्र स्वर्गीय प्रकाश दाहालको चौंथौ स्मृति दिवसकाे अवसरमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र महानगर कमिटी अध्यक्ष विश्वप्रकाश लामिछाने, विशेष अतिथि प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सिना तथा अतिथि प्रेस सेण्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी साथै महानगर कमिटी अध्यक्ष शिवराज बस्ताकोटि( शिवदाइ) लगायत सम्पुर्ण कार्य समितिका पदाधिकारी सहितको उपस्थितिमा पुष्पगुच्छा अर्पण गरिनुका साथै श्रद्धाञ्जली व्यक्त गरिएको कमिटी अध्यक्ष शिवदाइले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्