यूवानेता सोभामोहनपौडेलको क्षेत्र नं.१ कास्कीको सचिवपदमाउम्मेदवारी

  • ख-
  • ख+

लामो समय देखि राजनिति, सामाजिक सेवामा सक्रिय तथा यूवाहरुमा माझ लोकप्रिय पोखरा महानगरपालिका वडा नं. ३० निवासी सोभा मोहन पौडेलले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा कास्की क्षेत्र नं. १ मा क्षेत्रिय सचिव पदमा उम्मेदवार घोषणा गरेका छन्।

नेपाली काँग्रेसलाई प्रविधिमय बनाउने, सबै अटाउने काँग्रेस बनाउने, पार्टीमा देखिएको यूवाको आर्कषणलाई राजनैतिक प्रशिक्षण मार्फत कार्य गरी सबै अटाउने जुझारु काँग्रेस बनाउने प्रतिवद्धता साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरेको पौडेलले बताए।

उनले यही मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशनमा आफुलाई अमुल्य मतदान गरी विजय गराउन सम्पूर्ण कास्की क्षेत्र १ का प्रतिनिधि तथा वडा सभापतिहरुमा अनुरोध समेत गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्