नेकपा एमालेमा युवा पुस्ताको उदय

  • ख-
  • ख+

पोखरा ।
नेकपा एमालेको  आसन्न १० औँ जिल्ला महाधीवेशनमा  पोखरा २४ का युवा  विवेक त्रिपाठी सर्वसम्मत चयन भएका छन् ।

विद्यार्थी राजनितिमा उमेर हद कायम हुनुपर्ने भन्दै त्रिपाठीले यस  अघिनै विद्यार्थी राजनीतिबाट विदा लिएका थिए ।

 सक्रिय पार्टी राजनीति गर्ने उद्घोष गरेका युवा नेता त्रिपाठी  जिल्लाको महत्व पुर्ण पदमा उम्मेदवार दिने बताएका छन् ।

कास्की जिल्लाको ९ औँ महाधीवेशनमा कास्की जिल्लाकै कान्छा प्रतिनिधी बनेका थिए । आगामी पुस २३ गते एमाले कास्कीको अधिवेशन हुदै छ ।

नेकपा एमालेको अधिवेशनमा  युवाहरुले कास्की राजनीतिमा प्रभाव पार्ने देखिन्छ । त्रिपाठीले कम्युनिष्ट विचार नामक पुस्तक समेत वजारमा ल्याएका छन् ।

पछिल्लो समय राजनीतिमा देखिएको चरम गुटबादको शिकार युवा पुस्ता हुन नहुने भन्दै त्रिपाठीले भने “म विचारको लडाइँ लड्न आएको हुँ गुटको होइन ।

नेतृत्वमा स्थानीय देखि जिल्ला प्रदेश हुदै केन्द्रमा सवै नेपालीको आवाजलाई प्रतिनिधित्व गर्दै सधै यहीँ तपाईहरु संगै रहने छु ” । एमाले कास्कीमा युवा पुस्ताहरुको आवश्यकता रहेको संगठीत सदस्यहरुले वताउदै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्