एमसीसीको विरोधमा सुरजको गीत”नाे एमसीसी”(भिडियाेसहित)

  • ख-
  • ख+

पोखरा ।
अमेरिकी परियोजना एमसीसीबारे देशका शक्ति विभक्त भएका बेला जनपक्षीय लेखक, कलाकार भने यसको लेख, रचना र गीतबाट विरोध गरिरहेका छन् ।

यसै क्रममा पोखराका गीतकार सुरज उपाध्यायको गीत ‘नो एमसिसी’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।

गीतले भन्छः
खाए खा, नखाए घिच अमेरिका भन्छ
भन साथी भीख मागेर देश कहिले बन्छ ?
से नो एमसिसी, से नो एमसिसी

गीतमा संगीत र एरेन्ज तारानाथ आचार्यको छ भने स्वरमा आचार्यलाई पर्वती जिसी, ईश्वर सिंह, समीर रामदाम र सुरेश भुर्तेलले साथ दिएका छन् ।

डिजिटल स्टर रेकर्डिङ स्टुडियो पोखरामा गीत रेकर्ड भएको हो ।

गीतकार उपाध्यायले देशलाई बचाउन आफ्नो पक्षबाट खबरदारी गर्ने क्रममा गीत लेखिएको जनाए । उनी भन्छन्, ‘एमसिसीको विरुद्धमा लेखिएको हो ।

यो पास भए देश युद्ध मैदान बन्छ, यसको निहुँ पारेर देश रणभूमि बन्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्