पोखरा २५ मा एमालेको पक्षमा जनलहर

  • ख-
  • ख+

पोखरा ।
पोखरा २५ मा नेकपा एमालेको पक्षमा जनलहर बढेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि वडा नम्वर २५ मा एमालेको पक्षमा जनलहर बढेको हो ।

दैनिक जसो हुने चुनाव केन्द्रित घरदैलो कार्यक्रममा सयौंको संख्यामा मतदाता एमाले पक्षमा स्वस्फूर्त रुपमा सहभागी भएका छन् । ७ सूर्यमा सात छाप लगाएर एमालेका सम्पूर्ण उमेद्वारलाई विजयी गराउने वडावासीले बताएका छन् ।

५ वर्षसम्म एमालेका जनप्रतिनिधिले गरेको विकासका  कामबाट प्रभावित वडावासी यो पटक पनि एमालेलाई जिताउन खुलेआम लागि परेका हुन् । एमालेले के ग¥यो ? भनेर प्रलोभनमा पार्ने अरु पार्टीलाई हेमजाको मुख्य सडक हेर्न सुझाव दिन्छन् एमाले समर्थक ।

यो पटक एमालेका तर्फबाट वडा नम्वर २५ मा वडाध्यक्ष पदका उमेद्वार तिर्थबहादुर थापा, सदस्य सुवास भण्डारी, कृष्णबहादुर कुवँर, महिला सदस्य धनकुमारी पोख्रेल तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्मा चुनावी मैदानमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्