मादीमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सहित २५ जना एमाले प्रवेश

  • ख-
  • ख+

पोखरा, २० बैशाख ।

कास्कीको मादी गाउँपालिकाकी एकजना बहालवाला जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेकी छन् । नेपाली काँग्रेसबाट निर्वाचित मादी ११ कि दलित महिला सदस्य दुर्गा सुचिकार मंगलबार नेकपा एमाले प्रवेश गरेकी हुन् । कांग्रेस र माओवादी त्यागेर सदस्य सुचिकारको नेतृत्वमा मादीका २५ जना स्थानीय पनि मंगलबार एमाले प्रवेश गरेका छन् ।

उनीहरुलाई नेकपा एमालेबाट मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङलगायतले एमालेमा स्वागत गरेका थिए । सुचिकार २०७४ सालको निर्वाचनमा २ सय ३१ मत ल्याएर दलित महिला सदस्य निर्वाचित भएकी थिइन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी हरिदेवी विकले २ सय ९ मत र नेकपा एमालेकी निरा कामीले २ सय ७ मत ल्याएकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्