पोखरा उच्च अदालत बार एशाेसिएसन कास्कीको सभाहल उद्घाटन,कानुन व्यवसायीहरु सम्मानित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पोखरा उच्च अदालत बार एशाेसिएसन कास्कीको भवनकाे दाेस्राे तला (सभाहल) काे समुद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमकाविच नेपाल बार एशोसिएसनका केन्द्रिय अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सभाहलकाे उद्घाटन गरेका हुन् ।

पोखरा उच्च अदालत बार एशाेसिएसनका उपाध्यक्ष दिपकराज पौडेलले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशबाट ३० लाख रुपैँया र बारको ३ लाख गरि ३३ लाखमध्ये ३१ लाख ७८ हजार ४ सय ८१ रुपैँयाको लागतमा सभाहल निर्माण सम्पन्न भएको जानकारी गराए ।

बारका कार्यसमिति सदस्य एवं निर्माण समितिका संयोजक अधिवक्ता अन्नतप्रसाद कोइरालाको संयोजत्वमा ७ सदस्यसीय निर्माण समिति र बारका अध्यक्ष नारायणप्रसाद
पौडेलको अध्यक्षतामा ५ सदस्य अनुगमन समिति बनाएर कार्य सम्पादन गरेको जानकारी गराएका थिए ।

साेहि कार्यक्रममा उच्च अदालत पाेखरामा सरुवा भई आएका आएका मुख्य न्यायधिश र जिल्ला अदालतमा सरुवा भई आएका आएका न्यायधिशहरुलाई स्वागत गरिएकाे थियाे भने  वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गरेका पोखरामा आवद्ध कानुन व्यवसायीहरु माधवराज बास्तोला, मुकुन्दराज अर्याल, मोहनराज कोइराला, दामोदर अधिकारी, जगन्ननाथ ढकाल, खगेन्द्रराज आचार्य, विष्णु कुसन भुजेल, सुरेन्द्र थापा मगर र जनकबहादुर बोहोरा सम्मानित भएका छन् ।कार्यक्रममा नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरिएकाे थियाे ।

बारका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन बारका सचिव सन्तोष अधिकारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्