महिला हक्की : प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभूवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १–० गोल अन्तरले हराएको हो । खेलको पहिलो क्वाटरमा पुर्णिमा राइले गरेको गोल नै निर्णयक बन्यो । उनले प्रदेश १ को तर्फबाट १५ औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । योसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै आज भएको दोस्रो खेलमा नेपाल आर्मीले ३–० को गोल अन्तरले सुदुरपश्चिम प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै थियो । भोलि प्रतियोगिताको पाँचौ दिन बागमती प्रदेश र मधेस प्रदेश बीच प्रतिस्पर्धा हुँदै छ । यसअघि लगातार दुई खेल जितिसकेको गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

हक्कीमा भलिबलका कोच र टिम म्यानेजर

आज महिला हक्की तर्फको पहिलो खेल प्रदेश १ र लुम्बिनी प्रदेश बीच थियोे । तर, प्रदेश १ को खेलाडीसँग आवश्यक खेल साम्रागी नहुँदा खेल आधा घण्टा बढी रोकियो । प्रदेश १ को टिम कोच हक्की खेलको नभइ भलिबलका थिए ।

खेलाडीको लागि आवश्यक पर्ने खेल साम्रागी पनि पर्याप्त थिएन । जसकारण ८ खेलाडी मात्र ग्राउन्डमा जान पाए । ११ टिमको खेलमा ३ खेलाडीको लागि आवश्यक खेल साम्रागी नभएपछि ८ खेलाडीमा सिमित बनेर खेल खेलेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्