कोरोना भाइरसको प्रकोप र हस्पिटल फार्मासिस्टको भूमिका

  • ख-
  • ख+

जीवनबहादुर खड्का/हस्पिटल फर्मसिस्ट
पाेखरा, १५ जेठ । नोवेल कोरोना भाइरस कोरोना भाइरसकै एक नयाँ प्रजाती हो । यस्को पहिचान चिनको वुहानमा पहिलो पटक गरिएको थियो र यस लाई हाल कोरोना भाइरस रोग २०१९ (अर्थत कोभिड-१९) नामाकारण गरिएको छ ।

कोभिड १९ लाई सिभिएर एक्युट रेस्पिरेटरी सिन्डर्म र सामान्य प्रकारको रुघा खोकीसँग पनि सम्वन्धित मानिएको छ । हाल विश्व स्वास्थ्य संगठनले यसलाई विश्वब्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ ।

कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो र यसबाट संक्रमित व्यक्तिले खोक्दा वा हाँछ्यु गर्दा नाक वा मुखबाट निस्कने छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

संक्रमित व्यक्तिको जुठो खादा, टावेल वा रुमाल सामुहिक प्रयोग गर्दा तथा संक्रकित सँगको चुम्मन वा सहवास गर्दा यो रोग सर्न सक्दछ ।

कोरोना भाइरसका लक्षणहरु
१००.४ डिग्री फरेेनहाइट भन्दम बढी ज्वोरो आउनु , खोकी लग्नु, थकान महसुस हुनु तथा स्याँ स्याँ हुनु यसका लक्षण्हरु हुन ।

जटिल अवस्थमा यसको संक्रमणले निमाेनिया हुनुका साथै सास फेर्न कठिन हुने गर्दछ । अन्तत : संघन वा गम्भिर सङ्क्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्छ, जुन हाल सम्म निकै न्युन छ ।

नोवेल कोरोना भाइरसबाट कसरी आफु र अरुलाई बचाउने

१. ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफुलाई ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्ति बाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।

२. खोग्दा वा हाँछ्यु गर्दा नाक, मुख टिस्यु पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यु पेपरलाई बिर्को भयको फोहर फाल्ने भाँडोमा फल्ने र साबुन पानीले मिची मिची हात धुने वा अल्कोहल भयको स्यानिटाइजर प्रयोग गर्ने ।

३. भिडभाडमा नजाने र अरुलाई पनि नजान सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने।

४. बेला बेलामा साबुन पानीले कम्तिमा २० सेकेण्डसम्म मिचीमिची हात धुने ।

अस्पताल फार्मासिस्टको जिम्मेवारी/भूमिका

१.मास्क,थेर्मोमिटर, चस्मा र अन्य आवश्यक उपकारणहरु सहित माग आपुर्ती गर्ने ।औषधी अन्य चिकित्सा उत्पादनहरु र उपकारणहरुको उचित भण्डारण र आपुर्तीको सुनिश्चित गर्ने ।

२. अस्पतालमा कोभिड-१९ को रोकथाम र संक्रमण नियन्त्रण गर्ने खालका सन्देशहरु प्रचारप्रसार गर्ने ।

३. बिरामीको हेरचाह र मनोबल बढाउनको लागि अन्य स्वास्थ्यकर्मिहरुसँग सहकार्य गर्ने ।

४. उचित औषधिको जिम्मेवार प्रयोग सुनिश्चित गर्ने ।

५. बाह्य एवं आन्तरिक बिरामीहरुलाई औषधी तथा औषधीजन्य सामाग्रीहरुको आपुर्ती गर्ने र अत्यावश्यक सेवाको प्रत्याभुती गराउने ।

विरामी(सेवाग्राहीको) सेवा

१.औषधी वितरण साना झ्याल वा एक दुइ मिटरको दुरी बनाइदिने ।

२. सेवाग्राहीले आफ्नो पालो कुर्दा एक दुइ मिटरको दुरी कायम गर्ने ।

३. औषधी बितरण क्षेत्रको आगाडी प्लास्टिकको पर्दा राक्ने ।

४. फर्मसिस्टहरुले अनिवार्य रुपमा व्यक्तिगत सुरक्षाको सामाग्री जस्तै मास्क ,चस्मा,पन्जा, गाउँनको उचित प्रयोग गरेर सेवा दिनुपर्दछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्