राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पाेखराकाे नयाँवजार स्थित प्रर्दशनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला शुक्रबारदेखि सुरु भएकाे छ । राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको हाे ।

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएकाे मेलाकाे उद्घाटन गर्दै गण्डकी प्रदेशका कानुन,सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशमा व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्न मेलाले टेवा पुर्याउने बताए ।

संघका अध्यक्ष पवनकुमार प्रजापतिले मेलाकाे आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृंगारका सामानको विक्री वितरण रहेको जानकारी दिए ।

मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १ सय २० वटा स्टल गरी करिब २ सय ५० स्टल हुनेछन् । विशेष उत्पादनका लागि केही स्टल रिजर्भ राखिएको छ ।

लगानीको सम्वर्द्धन , उद्योग ब्यवसायको प्रवर्द्धन भन्ने मूल नारा रहेको मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यले आयोजना गरिएको पनि उनले जिकिर गरे ।
आगामी २५ गतेसम्म चल्ने मेलामा प्रवेश गर्न टिकट शुल्क १ सय र विद्यार्थीका लागि ६० रुपैयाँ लाग्नेछ । अवलोकनकर्ताले क्युआर कोडमार्फत् पनि टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ । मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा छुटको व्यवस्था मिलाइएको छ ।

मेलाको प्रवेश टिकटमा दैनिक आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । मेलाबाट अनुमानित १ करोड आम्दानी, ८५ लाख खर्च र करिब १५ लाख बचत हुने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीको क्षमता अभिवृद्धिका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

संघका महासचिव बलराम आचार्यका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, गण्डकी सरकार,पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलामा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी प्रालि, इ-सेवा गरिमा विकास बैंक लिमिटेड,बाल्ट्रा होम एल्लाइन्सेस तथा शिव शिखर एग्रो प्रालिको मुख्य सह प्रायोजन रहेको छ ।

मेलालाई बाइबाई चाउचाउ,राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया बैंक लिमिटेड, बागमती प्लाष्टिक, डाबर नेपाल,प्रभु बैंक लिमिटेड, अन्नपूणर् केबलकार,गृहलक्ष्मी ग्यास कम्पनी,नेपाल टेलिकम, कोसेली तेल,युनाइटेड रेफ्रेन्स ल्याब्रोटरी (युआरएल),हरपल चामल, सोल्टी पानी, लक्ष्मी हुण्डाइ,सफल दूध,उपकार ब्राण्ड,अर्ना बियरको प्रायोजन रहेको छ ।

उनका अनुसार मेलाको मञ्च प्रायोजकमा कृषि विकास बैंक लिमिटेड,टिकट प्रायोजकमा किङ क्वाइल,गेटपास प्रायोजकमा आइएसएमटी कलेज पोखरा,ब्रोसर प्रायोजकमा माछापुच्छे्र बैंक लिमिटेड,इन्स्योरेन्स पार्टनरमा अजोड इन्स्योरेन्स लिमिटेड,हस्पिटालिटी पार्टनरमा कुटी रिसोर्ट र चौतारी बुटिक,मुख्य गेट प्रायोजकमा नेपाल बैंक लिमिटेड र ग्यालेक्सी हस्पिटल,हेल्थ पार्टनरमा मणिपाल अस्पताल,इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट रहेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्