लेखनाथ महोत्सव पौष ७ गतेदेखि

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

१८ औं संस्करणको लेखनाथ महोत्सव पौष ७ देखि हुने भएको छ । लेखनाथ तालचोकस्थित डाँडाकोनाकमा पाैष १८ गतेसम्म हुने महोत्स्णव बारे शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हाे । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि ”भन्ने मुल नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघले महाेत्सवकाे आयाेजना गरेकाे हाे ।

विशेषगरी कोभिड–१९, विभिन्न कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को ब्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधि बढाउन यस महोत्सव आयोजना हुन संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिएका छन् ।

उनका अनुसार यस महोत्सवले औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एंव दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एंव बाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने बताएका छन् ।

लेखनाथ महोत्सव २०७९ का विशेष कार्यक्रमहरुमा साहित्यीक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरिय कार्यक्रम, सास्कृतिक कार्यक्रम, आदीवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिबासी जनजाति तथा आमा / महिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सट रहेका छन् ।

३ सय ३७ स्टलहरु रहने यस महोत्सवमा करिब २ लाख ५० हजार दर्शकले मेला अवलोकन गर्ने र करिब १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको समेत उनले बताएका छन् । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तै महोत्सवबाट १० लाख बचत हुने अनुमान गरिएको र सो बचत रकमलाई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने पनि उनले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्