पोखराको सामुदायिक अस्पतालमा कोरोना संक्रमण देखिए पछि सबै कर्मचारीको स्वाब क्लेक्सन

  • ख-
  • ख+

सुरज श्रेष्ठ,
पोखरा । पोखरामा फेरि अर्को एक जनामा कोरोना संक्रमण पृष्टि भएको छ । पश्मिाञ्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा उपचार गराइरहेको ९० बर्षिया बृद्धमा कोरोना संक्रमण पृष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

केहि दिन अघि मात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आसोलेसनमा भएका ती बृद्ध कोरोना संक्रमण नदेखिए पछि डिस्चार्ज भएका थिए ।

डिस्चार्ज भएको केहि दिनमा फेरि उनको स्वास्थ्यमा समस्या देखिए पछि सामुदायिक अस्पताल उपचारको लागि ल्याइएको र उपचारमा संलग्न चिकित्सकलाई शंका लागेर उनको पिसिआर टेष्ट गर्दा पोजेटिभ देखिएको अस्पतालका निर्देशक मिलन श्रेष्ठले बताए ।

आफ्नो अस्पतालमा उपचार गराएका ती बृद्धमा कोरोना संक्रमण देखिए संगै अस्पतालका सबै कर्मचारीको स्वाब टेष्टको लागि कलेक्सन गरिएको उनले बताए ।

“अहिले हामी अस्पतालको सेवा सुरक्षित तरिकाले कसरी दिने भन्ने बारे अस्पताल प्रशासन र चिकित्सकहरु बिच छलफल गरिरहेका छौ ।” उनले भने ।

कोरोना संक्रमण देखिएका ती बृद्ध पोखरा १४ भेडिफार्मका भएको उनले बताए । “कोरोना बारे सचेत हुनुपर्छ तर पेनिक हुनु हुदैन उनले भने ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्