एन्टिबायोटिक मानव स्वास्थ्यको लागि टाउँको दुखाई,गण्डकीमा दैनिक ५० लाखको एन्टिबायोटिक बिक्री

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । मानव स्वास्थ्यको लागि आवश्यक पर्ने औषधीहरु मध्यको ‘एन्टिबायोटिक’ अहिले टाउँको दुखाइको विषय बनेको छ । टाउँको दुखाईको विषय बन्नुको कारण चाही एन्टिबायोटिक रेसिस्टेन्टको बढ्दो समस्या हो ।

एन्टिबायोटिकको एउटा नयाँ मलिकुलको रिसर्च गर्न १० देखि १५ वर्ष समय लाग्नुको साथै कराडौ खर्च लाग्ने गर्दछ । तर यसको रेसिस्टेन्ट ४ देखि ५ वर्ष बिचमै देखिदाँ पछिल्लो पुस्ताको लागि एन्टिबायोटिकको गु्रप नै नरहने हो कि भन्ने स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र युएसएआइडि मेडिसिन टेक्नोलोजिष्टको सहयोगमा सात वटै प्रदेशमा एन्टिमाइक्रकोबियल रेसिस्टेन्ट ( एएमआर) कार्यक्रम गरि पत्रकार र संचारकर्मीहरुलाई जानकारी गराउने क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा बिहिबार करिब ८ घण्टा लामो वर्कसप गरि उक्त कुराको जानकारी दिएको हो ।

कार्यक्रममा सहभागी स्वास्थ्य विज्ञहरुले एन्टिबायोटिक मानव स्वास्थ्यको लागि अति आवश्यक औषधी मध्यको एक हो । तर यहि औषधीको अत्याधिक प्रयोगका कारण एएमआर बढ्दै गएको प्रति स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरको छन ।

हाल अधिकाश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वर्षेनी १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
एन्टिबायोटिक औषधीले काम नगरेकै कारण सन् २०५० सम्म थप २ करोड ४० लाख मानिसको मृत्यु हुने एक अध्ययनले देखाएको छ ।

अध्ययनले सन् २०५० भने पनि यस क्षेत्रमा कार्यरत केहि विज्ञहरुले सन् २०३० मा नै यो आकडा पुग्ने जनाएका छन ।

कार्यक्रममा सहभागी स्वास्थ्य विज्ञहरुले अर्को पुस्तालाई जोगाउनका लागि आज बाटै हामीले अति आवश्यक बाहेक एन्टिबायोटिकको प्रयोग नगर्न सुझाएका छन । एन्टिबायोटिक औषधीको काम गर्ने क्षमता कम हुदै शुन्यमा पुग्ने हो भने देशले ठुलो क्षति व्यहोर्नु पर्ने उनीहरुको धारण रहेको छ ।

एन्टिबायोटिकको प्रयोग कम गर्न औषधी व्यवसायीको भूमिका कस्तो रहन्छ ?
नेपाल औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृृष्ण पाण्डेले पनि पछिल्लो समय एन्टिबायोटिकको प्रयोग अत्याधिक भएको बताए । “बिरामी स्वयमले आफै एन्टिबायोटिक किनेर खाने ट्रेनका कारण पनि यस्तो समस्या बढेको हो ।, ‘ यसमा सरकारी स्वास्थ्य संस्था पनि जिम्मेवार बन्न पर्ने बताए । दुर्गम क्षेत्रका अधिकाश स्वास्थ्य संस्थाहरुमा चिकित्सक एभाइलेबल छैन । त्यसमा अझ रगत परिक्षण गर्ने ल्याबको व्यवस्था नहुदाँ । हचुवाको भरमा एन्टिबायोटिक दिएका हुन्छन । जसको कारणले एन्टिबायोटिक रेसिस्टेन्नको समस्या बढि भएका छ ।” उनले भने ।

निजि स्वास्थ्य संस्थाहरुमा बिरामी स्वयमले एन्टिबायोटिक माग्न आउँछ । नदिम बिरामीको अधिकारको कुरा आउँछ । यसमा सरोकारवाला निकायले नियमन गरेर अघि बढ्न सुझाए ।
उनका अनुसार हाल गण्डकी प्रदेशमा दैनिक सरदर ५० लाखको एन्टिबायोटिक बिक्री हुदै आएको जानकारी दिएको छ । जसमा सबै भन्दा बढि कास्की जिल्लामा खपत हुन्छ उनले भने ।

कार्यक्रममा युएसएआइडी परियोजनका सिसियर टेक्निकल एड्भाइजर डा.सन्तोष दुलालले एएमआरको विश्व परिवेश र आर्थिक पाटो बारे जानकारी गराएको थिए ।

त्यस्तै ययुएसएआइडी एएमआर क्लिनीकल कन्सटेन्ट डा.विवेका श्रेष्ठले नेपालमा लैङ्गिक असमानता र एएमआर बीचको अवस्था बारे र युएसएआइडी एएमआर मिडिया कन्सल्टेन्ट अर्जुन अधिकारीले एएमआर रोकथामको लागि संचारकर्मीहरुले उठाउने विषय बारे जानकारी गराएका थिए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव विनोद विश्व शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका निर्देशक खिम बहादुर खड्का लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संचालन सम्झना श्रेष्ठले गरेकी थिइन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्