
पोखरा ।
नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनेटरी प्याड हस्तान्तरण गरेको छ । नेलम्बाेले कार्यालयमा कार्यरत महिला कर्मचारी र थुनुवा महिलाका लागि प्याड हस्तान्तरण गरेकाे हाे ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई ४०४ थान प्याड हस्तान्तरण गरे ।
शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको नेलम्बोले ४४ औं सामाजिक सेवा दिवसको अवसरमा प्याड हस्तान्तरण गरेको अध्यक्ष देवकोटाले बताए ।
प्रहरी उपरीक्षक थापाले महिला प्रहरीलाई सेनेटरी प्याड अभाव रहेको बताए । ‘फस्ट एड बक्स महिला मैत्री नहुनु प्रमुख समस्या छ’, उनले भने ।
उनले प्रहरी सेवामा १० प्रतिशत महिला कर्मचारी कार्यरत भएतापनि महिलामैत्री नभएकाे सुनाए ।
सञ्चारिका समूह गण्डकी प्रदेशकी उपाध्यक्ष कञ्चन थापाले महिलाका लागि सेनेटरी प्याड निकै महत्वपूर्ण रहेको बताइन् । उनले भनिन्-‘अब हरेक कार्यालयमा सेनेटेरी प्याडको व्यवस्था हुनुपर्छ ।’