परिवार नियोजन संघमा समुदायका अगुवासँग सुरक्षित गर्भपतन बारे अन्तरक्रिया

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। नवौ राष्ट्रिय सुरक्षा गर्भपतन सेवा दिवसको सन्दर्भमा नेपाल परिवार नियोजन संघ कास्कीले समुदायका अगुवाहरुसँग अन्तरक्रिया गरेको छ ।

समुदायमा सुरक्षित गर्भपतनको सेवा बारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले जानकारी दिए । उनले समुदासँग सहकार्य र समन्वय गरी संघलाई अघि बढाउने उल्लेख गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ भित्र रहेका टोल विकास संस्था र आमा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघका शाखा प्रवन्धक नवराज तिवारीले सुरक्षित गर्भपतनका विभिन्न विषय बारे सहजिकरण गरेका थिए ।

कार्यक्रम नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको थियो ।

पोखरा १२ उपकार मार्ग स्थित नेपाल परिवार नियोजन संघको कार्यालयमा दिनहुँ सुरक्षित गर्भपतन सेवाका लागि सेवाग्राही पुग्ने गरेका छन् । संघले गुणस्तरीय र सर्वसुलभ शुल्कमा सेवा प्रदान गर्दै आइरहेको छ ।

तत्कालिन अवस्थामा बढ्दो जनसंख्यालाई नियन्त्रण गर्ने उदेश्यले २०१६ सालमा स्थापित नेपाल परिवार नियोजन संघले वर्तमान अवस्थामा आइपुग्दा प्रजनन् स्वास्थ्यसँग सम्वन्धित सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ।

२०५९ असोज १० गते मुलुकी ऐनको ११ औं शंसोधनले नेपालमा गर्भपतनले कानूनी मान्यता पाएको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाका शाखा प्रवन्धक नवराज तिवारीका अनुसार संघवाट सन् २०२० मा ६५०, सन् २०२१ मा ७८४ र सन् २०२२ मा ८६० जना र पछिल्लो ६ महिनामा ३९२ सेवाग्राहीले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

विगत केही वर्ष यता सुरक्षित गर्भपतन बारे आमनागरिकलाई सुसुचित गर्न सेप्टेम्बर २८ लाई राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसका रुपमा मनाउने गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्