
मानवअधिकार अभिमुखीकरण तथा साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम

र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक श्रवणकुमार वि.कले साईबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र कानुनी व्यवस्थाको विषयमा जानकारी गराएका थिए ।
पछिल्लो समय मानव अधिकारका हननका घट्ना तथा बढ्दो साइवर अपराधका घट्नालाई न्यूनीकरण गर्नको लागि सामाजिक अभियान्ताहरुको पनि महत्वपूर्ण भूमिका हुने भएकोले जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको नागरिक समाज कास्कीका संस्थापक रामबहादुर पौडेलले बताए ।
कार्यक्रममा स्वागत गर्दै पोखरा ७ का अध्यक्ष राममोहन आचार्यले समाज बदल्नको लागि सुरुवातमा आफू बदलिनुपर्ने बताए ।
नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियान पोखराले पोखरा वडा नम्वर ७ को सभाकक्षमा गरेको कार्यक्रममा ५१ जना सामाजिक अभियान्ताहरुको सकृय सभागिता रहेको थियो ।