लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे  भिलेजकाे रक्तदानमा ७० युनिट रगत संकलन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

लायन्स क्लव अफ पोखरा माछापुच्छ्रे  भिलेजले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएकाे छ ।

  प्रमुख अतिथि ३२५ एमका प्रथम भाईस डिस्ट्रिक गभर्नर चण्डीप्रसाद अर्यालले पहिलाे रक्तदाता पाेखरा महानगरका प्रहरी निरिक्षक पुरुषाेत्तम थापालाई व्लड व्याग हस्तान्तरण गरि रक्तदान शुरु गरिएकाे थियाे ।

कार्यक्रमकाे  स्वागत  कार्यक्रम  संयोजक तथा क्लवमा पूर्व अध्यक्ष शोभाकान्त पौडेल र सञ्चालन क्लवका सचिव अनन्तराज आचार्यले गरेका थिए ।

 शनिवार पाेखरा १७ विराैटामा भएकाे रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष  ओमप्रकाश बरालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्