ठगी अभियोगमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्की प्रहरीले ठगी अभियोगमा वडा सदस्य सहित ४ जनालाई पक्राउ गरेको छ ।

फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी गरेको भनी १५ जनाको जाहेरी आधारमा प्रहरीले पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल हुन् ।

निजहरुले वडा नं.६ लेकसाइड स्थित फुटट्रयाकका फोटोग्राफरसँग मासिक प्रतिव्यक्ति साढे १३ हजार उठाएर आफ्नो नाममा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने पीडितको जाहेरीमा उल्लेख भएको प्रहरी जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टन) सम्वन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया जारी रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्