अवैध काठसहित भुर्जुङखोलाका अनिष प्रहरी नियन्त्रणमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । कास्की प्रहरीले माछापुच्छ्रे गा.पा.वडा नं. २ भुर्जुङखोला बस्ने वर्ष ३१ को अनिष वि.क.लाई अवैध काठसहित नियन्त्रणमा लिएकाे छ ।

पाेखरा १९ लामाचौर अकला मन्दिर स्थित सडक खण्डमा मंगलवार विहान ४ वजेकाे समयमा सवारी साधन चेकजाँचको क्रममा पुरुन्चौरतर्फबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५८०९ नम्बरको बोलेरो जिपमा चिरुवा काठ (फल्याक) २८० थान लोड गरेको काठसहित प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

काठ लाेड गरेकाे सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएको पाईएकोले जिप चालकसहित चिरुवा काठ (फल्याक) र जिप नियन्त्रणमा  लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बगर कास्कीमा पठाईएको प्रहरीले जनाएकाे छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्