व्यापार मेला उत्कर्षतिर, सांगीतिक कार्यक्रमको रौनक बढ्दै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला उत्कर्षतिर अगाडि बढेको छ । मंसिर २१ गतेबाट सुरु भएको मेला अगाडि बढ्दै जाँदा सहभागिता र कारोबारमा वृद्धि हुँदै गएको आयोजक संस्था पोखरा उद्योग वािणज्य संघले जिकिर गरेको छ ।

‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउने र उद्यमशीलता सिकाउने उद्धेश्यमा समर्पित मेलाले आफ्नो लक्ष्य प्राप्ति गर्दैछ,’ संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘मेलामा हालसम्म भएको सहभागिताले हामी उत्साहित छौँँँँ ।’उनले बिहीबारदेखि अवलोकनकर्ता अझै बढ्ने अनुमान लगाए ।

संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले मेलामा रहेका स्टलहरु हेर्नै र भएका प्रदर्शनीहरु बुझ्नैपर्ने खालका भएको जिकिर गरे । औद्योगिक क्षेत्रका उद्योगहरु, नेपालमै बनेका सामानहरुको पेभेलियन र हस्तकलाका स्टलहरुको उदाहरण दिँदै उनले भने,‘हामीले प्रदर्शनीमा सवै कुरा मिलाएर राखेका छौं । यहाँ आएपछि मुख खुम्च्याउनुपर्ने अवस्था छैन । घरायसी सामानहरुमा विशेष छुट त छँदैछ ।’

संघका महासचिव बलराम आचार्यले मेला अगाडि बढ्दै जाँदा मनोरञ्जनका लागि राखिएको सांगीतिक कार्यक्रम पनि उत्कर्षमा पुगेको बताए । बुधबार चर्चित गायक पशुपति शर्मा,नेत्र खड्का, शंकरविरही गुरुङ,सुनिता परियार,बसन्ती थापा,पार्वती गुरुङसहित रचना रिमालको प्रस्तुति बेजोड रहेको उनले जिकिर गरे ।

बिहीबार चर्चित लोकगायक राजु परियार,तारापति सुवेदी,रामजी पौडेल, केशव देवकोटा,सरस्वती लामिछाने, नविना सुवेदी, सुनिता नेपालीको प्रस्तुति रहने छ भने राजेन्द्र नेपाली र युवराज भण्डारीले दर्शकलाई हसाउँनेछन् । त्यस्तै डेविडशंकरको प्रस्तुति पनि आकर्षणको विषय रहेको उनले बताए । मेलामा समावेश विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिताको एक चरण सकिएको र सामूहिक नृत्यमा प्रवेश गरेको एवं रत्यौली प्रतियोगिता पनि जारी रहेको संघका कार्यसमिति सदस्य प्रेमप्रसाद सुुवेदीले जानकारी दिए । उनका अनुसार विद्यालयस्तरीय एकल नृत्यको फाइनल मंसिर ३० गते हुनेछ ।

एकल नृत्यमा कञ्चनजङ्गा विद्यालयकी स्वस्तिका गुरुङ, सिद्धार्थ लभडेलकी–मविना पण्डित, कास्की मोडनाइज्डकी अनुश्चा गुरुङ, त्रिवेणी पब्लिककी यसोदा रोका, पुर्णिमा कला केन्द्रकी विपना गर्वुजा, जनप्रिय मावि,विभूति शिक्षा सदन, बालकल्याण हाइस्कूल, अल्फा एकेडेमी,तालबाराही मावि,पूर्णिमा कला केन्द्र,प्रसुन गुरुङ, भास्कर मेमोरियल स्कूल, शिशुकल्याण,पूर्णिमा कला केन्द्र,एसके डान्सबाट प्रिन्सेस सुनार,प्रनिता गुरुङ,पूर्णिमा कला केन्द्र, हिलसाइड स्कूल, निश्चल डान्स स्कूलकी सलिना गुरुङ, रुक्सना सुनार र प्रमिना खत्री,हिमाञचल बोर्डिङ स्कुलकी सदिक्षा तामाङ,एसके डान्सकी प्रज्ञा तामाङ, रचना सुनार,गीता विक, युना पुन, दिप्ती गुरुङ,शान्ति निकेतन मावि , एक्स आर्मी स्कूल,बड्स एकेडेमी,वीरेन्द्र मेमोरियललगायतका कलाकारले सहभागिता जनाएको उनले बताए ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्