व्यापार मेलामा आज पुरुषोत्तम न्यौपानेको प्रस्तुति

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत शनिबार चर्चित लोकगायक पुरुषोत्तम न्यौपानेको प्रस्तुति रहने आयोजकले बताएका छन् ।

आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यका अनुसार शनिबार न्यौपानेसहित एलिना चौहान,प्रिति आले,सरला पाण्डे,राजन कार्की, सन्तोष सुवेदी,पवन खतिवडाको प्रस्तुति रहने छ ।

मेलाको आइतबार समापन हुँदैछ । पोखराका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा मेलाको समापन गरिने महासचिव आचार्यले बताए ।

मेलामा हालसम्म ८ करोडभन्दा माथिको कारोबार भएको र १ लाखजनाभन्दा बढीले अवलोकन गरेको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्