पत्रकारिता वृत्ति सम्मानबाट डा.आचार्य, शर्मा र बास्तोला सम्मानित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कृति स्मृति पत्रकारिता वृत्ति सम्मानबाट ३ जना पत्रकारहरु सम्मानित भएका छन् ।

कास्की शाखाले सञ्चालन गरेको पत्रकारिता वृत्ति सम्मानबाट पत्रकार डा. सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोला बुधवार सम्मानित भएका हुन् ।

नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित कृति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७ बाट पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य सम्मानित भए ।

यस्तै सोही सम्मान २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्ण प्रसाद बास्तोला सम्मानित भएका हुन् ।

उनीहरुलाई आज पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको उपस्थितीमा सम्मान गरिएकाे हाे ।

तस्वीर: सुदर्शन रञ्जित/फाेटाे पत्रकार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्