टिम सहयात्रीकाे अध्यक्षमा पुनः मनाेज मल्ल 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

स्याङ्जा ।

पुतलीबजार नगरपालिका ३, गुँडीखोला स्थित टिम सहयात्री प्रा.लि. को अध्यक्षमा पुन:मनाेज मल्ल चयन भएका छन् ।

संस्थाकाे चौंथो साधारणसभा तथा दोश्रो अधिवेशनले मल्लकाे अध्यक्षतामा ५ सञ्चालक समिति चयन गरेकाे  हाे ।

समितिका संचालकहरुमा गोविन्दप्रसाद शर्मा, एकनारायण मरासिनी, विमल थापा र सञ्जय थापा चयन भए ।

 कार्यक्रमकाे उदघाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पार्टी प्यालेसको अभाव खड्किएको समयमा सहयात्रीले सबैलाई सहुलियत दिलाएको बताए ।

 उनले सदरमुकाममा पार्टी प्यालेसको अभावमा पोखरा लगायत ठूला शहरका जानुपर्ने वाध्यतालाई अन्त्य गरेको जनाए ।

विभिन्न सामाजिक, एवं राजनैतिक तथा पारिवारिक भेटघाटमा समेत पार्टी प्यालेसको सहज र उपयुक्त सुबिधा उपलब्ध गराएको साथै नगरपालिकाको चहलपहलमा समेत टेवा पुराएकोमा उनकाे भनाई छ ।

 कार्यक्रममा पुतलीबजारनगरपालिकाका उपप्रमुख देवी अर्याल,  रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका अध्यक्ष ध्रुवबन्धु पौडेल, स्याङ्जा जिल्लाउद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, चम्बर अफ कमर्श, स्याङ्जाका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ, स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा लगायतले शुभकामना राखेका थिए ।

 यसैगरी, टिम सहयात्रीद्धारा संचालित सहयात्री पार्टी प्यालेस एवं बार एण्ड लज तथा स्वीमिङ पुल निर्माण, ब्यवसायमा विस्तार एवं प्रवद्र्धनमा सहयोग पुरयाउनुहुने बिभिन्न क्षेत्रका झण्डै २ दर्जन क्रियाशिल व्यक्तित्वहरुलाई प्रशंसापत्रले सम्मान गरिएको  थियो ।

टिम सहयात्री पार्टी प्रा.लि.का अध्यक्ष मनोज मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संचालक गोविन्दप्रसाद शर्मा र कार्यक्रम संचालन शेयर सदस्य राजेन्द्र बहादुर गोदारले गरेका थिए ।

 २०७६ सालमा ५ करोड अठ्ठाइस लाखको आगतमा स्थापना भई संचालनमा आइरहेको सहयात्री ३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यहाँबाट पार्टी प्यालेस, रेष्टूरेन्ट, लज एण्ड बार, स्वीमिङ पुल, सुविधा सम्पन्न हलबाट सेवाहरु भइरहेको सदस्य सचिब सञ्जयबहादुर गोदारले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्