पाेखरा पर्स्याङ्गमा दुर्घटना,दुई जनाकाे मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।

पोखरा वाग्लुङ्ग राजमार्गको पाेखरा प्रस्याङ्गमा गएराति तीव्र गतिको कारको ठक्करवाट दुई पैदलयात्रुको मृत्यु भएको छ । बाग्लुङ बसपार्कबाट जिरो किमी तर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पस्र्याङमा ठक्कर दिँदा पाेखरा ३ नदिपुर बस्ने बाग्लुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एक परिचय नखुलेका पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति करिव १२ बजेर ५१ मिनेट जाँदा भएको दुर्घटना लगत्तै घाईतेलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेकोमा चिकित्सकले छन्त्याललाई १.३५ बजे र अर्का युवकलाई १.५५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

ठक्कर दिने कार प्रहरीकाे नियन्त्रणमा रहेको छ भने कार चालक फरार रहेको चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्