कृषि विकास बैंक बगर शाखाद्धारा लकर सेवा शुभारम्भ

  • ख-
  • ख+

पाेखरा,२१ असाेज ।
कृषि विकास बैंक बगर शाखाले आज देखि लकर सेवा शुभारम्भ गरेको छ ।
वि.सं.२०२४ सालमा स्थापना भइ बैंकिङ क्षेत्रमा ‘क’ वर्गको बैंकमा स्थापति यस बैंकले बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु आफ्नो ग्राहकमहानुभावहरुलाई दिंदै आएको जनाएको छ ।


प्रमुख अतिथि कृषि विकास बैंक लिमिटेडका संचालक समितिका सदस्य हरि प्रसाद पराजुलीले कार्यक्रमको उद्घाटन गर्दै बगर शाखामा रहेको यस बैंकले लकर सेवा शुभारम्भ गरेर आफ्नो ग्राहकमानुभावहरुको महत्वपूर्ण सामाग्री र गरगहनाको सुरक्षा गरेको बताएका छन् ।


उनले यस बैंकले कृषिमा मात्र नभइ सम्पूर्ण व्यापार–व्यवसायी गर्ने महानुभावहरुलाई समेत लगानी गर्दै आएको र सबै बैंकिङ्ग कारोबार समेत प्रदान गर्दै आएको जानकारी दिदै अाज लकर सेवा लिनुभएका १५ जना सेवा ग्राहिलाई लकरकाे चापी समेत हस्तान्तरण गरेका थिए ।


त्यस्तै बैंकका बगर शाखा कार्यालयका प्रबन्धक एवं कार्यक्रमका अध्यक्ष मोति प्रसाद पौडेलले बैंकले सम्पूर्ण मापदण्ड पूरा गरि लकर सेवा संचालनमा ल्याएको र यसको गुणस्तरलाई समेत कायम गर्ने बताएका छन् ।

साेहि कार्यक्रममा बाेल्दै कृषि बिकाश बैक लि का धेरै सुबिधाहरू रहेकाे हुदा ति सहुलियतका सुबिधाहरू ग्राहाक सम्म पुर्याउन मिडियाकाे उल्यख्यिनय भुमिका रहने बताएका थिए ।


साथै उक्त कार्यक्रममा कृषि बिकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघूनाथ न्यौपानेले कार्यक्रममा बाेल्दै ग्राहाक महानुभाबहरूलाई ढुक्क भएर लकर सेवाकाे सुबिधा लिन अनुराेध गरेदै लकर सुविधाको बारेमा जानकारी गराएका थिए।

सोही कार्यक्रममा बैंकका कार्यलय सहायक संगिता पहारीले बैंकको लकर सुविधाको बारेमा विस्तृत जानकारी दिएकी थिईन। उनले बैंकमा भएको १७५ वटा लकर मध्ये १५ वटा लकर प्रयोगमा आएको बताएकी छन् ।


अहिले बैंकमा ३ वटा साइजको लकर सेवा उपलब्ध भएको र ग्राहकहरुलाई उक्त लकर ढुक्क भएर प्रयोग गर्न समेत उनले आग्रह गरेकी छन् ।


बैंकका बगर शाखा कार्यालयका प्रबन्धक मोति प्रसाद पौडेलको अध्यक्षतामा आयोजना भएकाे साेहि कार्यक्रममा स्वागत मन्तब्य बैकका कर्मचारीकरीतर्फबाट बरिष्ठ सहायक अधिकृत बिश्व बास्ताेलाले गरेका थिए भने कार्यक्रम सन्चालन कर्मचारी कार्यलय सहायक लक्ष्मण पाठकले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्