चिसाखोलामा दुध वोकेको जिप दुर्घटना,चालकको मृत्यु, दुई जना घाईते

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा १८ को सराङकोट चिसाखोलामा दुध वोेकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाईते भएका छन् ।
पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ दुध बोकेर आउँदै ग ३ च २६०३ नम्बरको गरेको जिप आज विहान करिब ९ः१५ बजे दुर्घटनामा परेको थियाे ।
दुर्घटनामा गम्भिर घाइते भएका जिप चालक पोखरा म.न.पा. वडा नं.१८ ग्यारजाती बस्ने ४९ वर्षीय कृष्ण बहादुर थापाकोे उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा विहान १०ः२० वजे ज्यान गएको हाे ।
उक्त दुर्घटनामा परी, पोखरा म.न.पा. वडा नं.१८ ग्यारजाती बस्ने ६९ वर्षीय हिमकला थापा र सोही ठाउँकी ७० वर्षीय चन्द्रकला थापा घाइते भएका छन् ।
हिमकला थापाको टाउकोमा र चन्द्रकला थापाको ढाडमा चोट लागेको छ । दुर्घटनामा जिप ट्राफिक प्रहरीको नियन्त्रण रहेको र घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्