भुटानी क्लब पारो एफसीलाई २–० ले हराउँदै थ्रीस्टार आहारारा पाेखरा गोल्डकपको सेमिफाइनलमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा भुटानको पारो एफसीलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारको जितका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् ।

चापागाईंले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ औं मिनेटमा पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् ।

पारोका किपर जाङ्पोले बल रोक्ने प्रयासमा थिए । तर, उनलाई कुनै अवसर नै दिएनन्, र बललाई जाली चुमाए ।

अतिरिक्त समयको २९ औं मिनेटमा पनि उनै चापागाईंले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

निर्धारित खेल गोलरसहित बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो ।

थ्रीस्टार प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।

 आमन्त्रित भुटानी लिग विजेता टिम पारो एफसी बाइ पाउँदै सिधै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा पारो पहिलो पटक सहभागी भएको थियो ।

थ्रीस्टार आहाराराको उपाधि पाँचौं पल्ट जितिसकेको छ । अब सेमिफाइनलमा थ्रीस्टारले माघ १७ गते जावलाखेल र मनाङ मर्स्याङ्दीबाट विजेतासँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।

२३ औं आहारारा पोखरा गोल्डकपमा दोस्रो क्वार्टरफाइनल अन्तर्गत खेल भोलि डिफेन्डिङ च्याम्पियन संकटा र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्