पूर्व राष्ट्रिय फुटवल खेलाडी गुरुङद्धारा सहारा एकेडेमीको अक्षयकोषमा १ लाख ११ हजार सहयोग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । माघ पोखराको सहारा क्लवले स्थापना गरेको फुटवल एकेडेमीको सहयोगार्थ सहारा अक्षयकोषमा रकम संकलन हुने क्रम जारी रहेको छ ।

पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको अवसरमा नेपालका पूर्व राष्ट्रिय फुटवल खेलाडी, भारतीय एक्स आर्मी इन्टर सर्भिसमा समेत आबद्ध भएको पोखरा १५ लक्ष्मीटोल निवासी हाल वेलायत रहेका रुपक गुरुङ र समाजसेवी नन्दा गुरुङले अक्षयकोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।

बुधबार भएको २३ औं आहा रारा पोखरा गोल्ड कपको पहिलो सेमिफाइनल खेलको क्रममा पूर्व खेलाडी रुपक तथा नन्दा गुरुङले उक्त रकम बराबरको चेक क्लवका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेको महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

क्लवले संचालन गरेको सहारा एकेडेमीका बालकहरुको भरणपोषणमा थप टेवा पुग्ने विश्वासका साथ उक्त सहयोग गरेको पूर्व खेलाडी रुपकले बताए ।

दाताले दिएको उक्त रकम उचित ढंगले एकेडेमीका बालकहरुको शिक्षा, दिक्षा तथा फुटवल खेलको लागि खर्च गरिने भएको सहारा क्लवका अध्यक्ष केशवराज बरालले बताए । पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीमा हाल ८ जिल्लाका १४ जना बालहरुहरु आश्रित छन् ।

नयाँ शैक्षिक शत्रमा तीस जना बालकहरुको सिट क्षमता अनुसार बाँकीलाई छनौट गरिने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्