सहारा युके टोलीलाई सहारा आ.वि. मा स्वागत 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पोखरा-९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयले सहारा युकेको टोलीलाई  शुक्रवार विद्यालयमा स्वागत गरेको छ ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीको संयोजकत्वमा आयोजित स्वागत कार्यक्रममा सहारा यु.के का अध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष लेप्टिनेन्ट कुसाङ गुरुङ, पूर्व अध्यक्ष कुमार गुरुङ, लगाएत सहारा क्लबका अध्यक्ष केशव राज बराल, सहारा हङकङका अध्यक्ष दिपक गुरूङ,  सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङ, मुछेत्र गुरुङ को उपस्थिती रहेको थियो ।

 त्यसैगरि सहारा यु.के का सल्लाहाकर कृष्ण गुरुङ, सहसचिव मञ्जु गुरुङ,कार्यसमिति सदस्य कोपिला गुरुङ र  सदस्यहरु यशोधा गुरुङ, मिना गुरुङ का साथसाथै एन्फा म्याच कमिश्‍नर गौरिमान राई एवम् कम्पिटिसन डाइरेक्टर सञ्जिव मिश्रले विद्यालयको समग्र अवस्थाबारे चासो व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले सञ्‍चालन गरेको  कार्यक्रममा जनप्रतिनिधि वडा नं-९, का वडा सदस्य नन्दराम गिरिले विद्यालयलाई स्थापनाकाल देखिनै सहयोग गर्दै आइरहेको सहारा क्लब पोखरा र यसका शाखाहरू  सहारा युके र हङकङले पनि विद्यालयमा समय समयमा सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै  विद्यालयको समग्र विकासका लागि सवैको चासो हुनेपर्ने धारणा राखे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्