पोखरामा जुवातास खेल्दै गरेका ७ जना ६४ हजार रुपैयाँ नगदसहित पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरामा जुवातास खेल्दै गरेका ७ जना नगदसहित पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२ प्रगति टोलमा जुवातास खेल्दै गरेका ७ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको हो ।

तनहुँको भानु नगरपालिका –८ तुरतुरे घर भइ हाल उक्त स्थानमा बस्दै आएका ६६ वर्षीय नर बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा १२ प्रगतिनगर टोल बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ, पोखरा १२ फुलवारी बस्ने ३७ वर्षीय बलराम थापा, पोखरा १२ गुठीटोल बस्ने ४४ वर्षीय भिमबहादुर मगर, पोखरा १२ लालिगुराँस टोल बस्ने ५३ वर्षीय कृष्णकुमारी गुरुङ, पोखरा १२ हस्पिटल चोक बस्ने ५२ वर्षीय सोम बुहादुर तामाङ, पोखरा १२ लालिगुरास टोल बस्ने ४९ वर्षीय जसबहादुर गुरुङ र पोखरा १२ गोरखालाईन ५० वर्षीय मिना गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नगद चौसठ्ठी हजार आठ सय पन्चानब्बे रुपैयाँसहित ४ बुक तास बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्