लुँडो खेलिरहेका ५ जना ७२ हजार रुपैयाँसहित पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । कास्की प्रहरीले लुँडो खेलिरहेका ५ जनालाई नगदसहित पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका –११ धरहरामार्ग स्थित एक खाजा घरमा लुँडो खेलिरहेका ५ जनालाई नगदसहित शनिबार साँझ पक्राउ गरेको हो।
प्रहरीका अनुसार धरहरा मार्गस्थित किसान पुनको सोही ठाउँस्थित खाजा घरमा पैसाको सट्टेबाजीमा लुँडो खेलाइने भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले लुँडो खेलिरहेका पुनसहित ५ जनालाई पक्राउ गरेको हो ।

पोखरा ११ फुलवारी बस्ने ३२ वर्षीय प्रदिपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा ६ लेकसाईड बस्ने ३९ वर्षीय विकास वि.क.रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ७२ हजार २ सय २५ रुपैयाँसहित खेलमा प्रयोग हुने गोटी र डाइस बरामद गरेको छ भने, उनीहरूमाथि जुवातास तथा सट्टेबाजी गर्न नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्