पाेखरा २५ का ३३ वटा टाेल विकास संस्थालाई सरसफाई सामाग्री हस्तान्तरण 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा २५ हेमजामा रहेका ३३ वटा टाेल विकास संस्थालाई आईतवार सरसफाई सामाग्री हस्तान्तरण गरिएकाे छ ।

 कार्यक्रमका प्रमुख अतिथि पाेखरा २५ का अध्यक्ष माेतिलाल तिम्सिनाले लामाचाैतारा खुट्टाकाे गाैडा टाेल विकास संस्थाका अध्यक्ष महाविर थापालाई  एक सेट सरसफाई सामाग्री हस्तान्तरण गरि  कार्यक्रमकाे सुरुवात गरे ।

 पाेखरा महानगरपालिका वडा नम्वर २५ काे आर्थिक सहयाेगमा भएकाे गरिएकाे सरसफाई सामाग्रीमा प्रत्येक टाेललाई  बेल्चा २ थान, हेंगा २ थान, मास्क प्याकेट ४ थान, पञ्जा प्याकेट ४ थान र गार्वेज व्याग १० थान हस्तान्तरण गरिएकाे हाे ।

पाेखरा २५ का वडाध्यक्ष माेतिलाल तिमिल्सिनाले टाेल विकास संस्थालाई सकृय रुपमा अगाडी बढाउन लागिपरेकाे बताए । हामी हाम्राे वडालाई सफा र हरियाली बनाउने उद्घाेष गर्ने हाे । उनले उत्कृष्ट नमुना वडा बढाउन लागि सबै लागि  पनुपर्ने बताए ।

उनले हस्तान्तरण गरिएका सरसफाई सामाग्री पर्याप्त नभई सांकेतिक मात्र भएकाे बताउँदै आगामी दिनमा थप सामाग्री उपलव्ध गर्दै जाने  बताए । उनले हरेक हप्ता दुई वटा टाेल अनुगमनकाे लागि वडाका प्रतिनिधि आउने बताए ।

पाेखरा महानगरपालिकाका गुनासाे सुन्ने अधिकारी लाेकदर्शन काेईरालाले कुहिने फाेहाेरमैला कम्पाेष्ट मल बनाई रुपमा प्रयाेग गर्न सकिने र कागज तथा प्लाष्टिकजन्य फाेहाेरलाई माेहरमा बदल्न सकिने बताए ।

फाेहाेर उठाउने गाडी नआउने समस्या र शुल्ककाे लागि फाेहाेरमैला व्यवस्थापन गर्ने कम्पनीसँग टाेल विकास संस्थाले  सम्झाैता गर्न उनकाे सुझाव छ । जसका लागि टाेल विकास संस्थामा २००/३०० मिटरकाे अन्तरमा रजिस्टर गर्ने जसमा गाडी नम्वर, मिति, आएकाे गएकाे समय र डाइभरकाे नाम रजिस्टर गर्नुपर्ने र फाेहाेरमैला नउठाएकाे समयकाे शुल्क नतिर्ने सम्झाैता गर्न सुझाए ।

उनले पाेखरामा १० हजार बढि सरसफाईका अभियान्ता रहेकाे बताउँदै महानगरले सधैं साथ र सहयाेग निरन्तर गरिरहने बताए ।

पाेखरा महानगरपालिकाका सरसफाई शाखा प्रमुख कल्पना बरालले सरसफाईलाई ध्यान दिन नसक्दा फाेहाेरमैलाकाे अवस्था जटिल बन्दै गईरहेकाे र जसकाे असर दीर्घकालसम्म रहने बताईन् ।

फाेहाेरमैला व्यवस्थापन नगर्नाले खेतियाेग्य जमिन फाेहाेरमैलाले पुरिन सक्ने र अन्नवाली उत्पादनमा असर गर्ने उनकाे भनाई छ ।

तसर्थ सन्तुलित विकासकाे हिसावले सरसफाई कार्यक्रमलाई अगाडि बढाईएकाे पाेखरा २५ टाेल विकास संस्था समन्वय समितिकाे काम  सह्रानिय भएकाे बताईन् ।

उनले बाटाेमा गाडीबाट फाेहाेर फाल्ने प्रवृत्ति  हेर्द सानाे भएपनि यसकाे असर दीर्घकालिन हुने हुदा यसलाई राेक्नकाे लागि आफैबाट सुरु गरि फाेहाेरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने उनकाे भनमई  ।

एउटाले फाेहाेर फाल्ने अर्काले बटुल्ने प्रवृतिकाे अन्त्य गर्ने संस्कारकाे विकास गर्नुपर्नेमा उनकाे जाेड छ ।

उनले १ हजार स्क्वायर फिटमा निर्मित घरकाे लागि रु. १००,  १५०० स्क्वायर फिटमा निर्मित घरकाे लागि रु. १५०, २ हजार स्क्वायर फिटमा निर्मित घरकाे लागि रु. २००  का दरले र घरमा अर्काे परिवार थपिन गएमा थप रु ८० रुपैयाँ सेवा शुल्क लाग्ने र फाेहाेरमैलाकाे व्यवस्थापनकाे सेवा लिएकाे दिनबाट सेवा शुल्क तिर्नुपर्ने र सेवा नलिएकाे समयकाे कार्ड लिएर फाेहाेर उठाउदाकाे दिनबाट मात्र शुल्क तिर्नुपर्ने अन्यथा शुल्क तिर्नुनपर्ने स्पष्ट पारिन् ।

वडा सदस्य धनाकुमारी  तिमिल्सिनाले स्वास्थ्य नै धन हाे भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै स्वस्थ रहनकाे लागि सरसफाईमा गर्नुपर्नेमा जाेड दिइन् । उनले मबाट सुरु गरे जुनसुकै काम गर्न सकिने बताउँदै फाेहाेरमैलाकाे व्यवस्थापनकाे लागि  सबै लाग्नुपर्ने बताईन् ।

पाेखरा २५ हमजाका वडा सदस्य कृष्णबहादुर कुँवरले  टाेल विकास संस्था र वडाविच तालमेल भयाे भने वडाभित्रका कामहरु प्रभावकारी ढंगले गर्न सकिने बताए । उनले वडामा  राजनीतिक पार्टीकाे भन्दा समाजसेवीकाे रुपमा आफ्नाे चिनारी बनाउन सबैलाई सुझाए ।

वडा सदस्य कुँवरले अवकाे ६ महिनाभित्र पाेखरा २५ भित्रका  टाेल समन्वय समिति, टाेल विकास संस्था, महिला सञ्जाल, आमा समूह मध्येबाट उत्कृष्ट काम गर्ने ३ जनालाई सम्मान गर्ने जानकारी गराए ।

कार्यक्रममा नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋृषिराम पौडेल, नेपाली काँग्रेस पोखरा २५ का सचिव झङ्कनाथ तिमिल्सिना माओवादी केन्द्र पोखरा २५ का अध्यक्ष महादेव अधिकारी, राष्ट्रिय प्रजातन्त्र पाटी कास्कीका सदस्य कृष्णप्रसाद सुवेदी,महिला सञ्जाल पोखरा २५ हेमजाका अध्यक्ष अप्सरा तिमिल्सिना लगायतले बाेलेका थिए ।

टाेल विकास संस्था समन्वय समितिका अध्यक्ष दानबहादुर भुजेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत काेषाध्यक्ष  बलराम पराजुली र सञ्चालन टाेल विकास संस्था समन्वय समितिका सदस्य तथा  देवीस्थान टाेल विकास संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले गरेका थिए ।

टाेल विकास संस्थाका प्रतिनिधिलाई प्रशिक्षण

टाेल विकास संस्था समन्वय समिति वडा नम्वर २५ ले वडामा रहेका ३३ वटा टाेल विकास संस्थाका प्रतिनिधिलाई प्रशिक्षण गराएकाे छ।

टाेलका हरेक प्रतिनिधिलाई नेतृत्व क्षमताकाे विकास गर्ने उद्देश्यले समितिले प्रशिक्षण दिएकाे हाे ।

प्रशिक्षण कार्यक्रममावडा नम्वर २५ का वडा सचिव चाेलाकान्त पाैडेलले टाेल विकास संस्थाकाे कार्यविधि,  टाेल विकास संस्था समन्वय समितिका अध्यक्ष दानबहादुर भुजेलले नेतृत्व क्षमता र समाजसेवी भिमप्रसाद श्रेष्ठले सकरात्मक साेचकाे वारेमा प्रशिक्षण दिएका थिए ।

 कार्यक्रममा ३३ वटै टाेल विकास संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्