‘जनजिविकाका विषय संचारकर्मीले उठाऔं’-एमाले गण्डकी अध्यक्ष शर्मा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

प्रेस चौतारी गण्डकीको पाँचौ पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । बैठकको ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले उद्घाटन गरेका थिए।

 शर्माले शसक्त पार्टीको लागि शसक्त सञ्चार आवश्यक भएको भन्दै सबै प्रेस चौतारीका सदस्यहरू व्यक्तिगतसँगै संस्थागत शसक्तिकरणमा लाग्न आग्रह गरे।

शर्माले सबै क्षेत्रले जनताले अनुभुती गर्ने गरि काम गर्नुपर्ने भन्दै जनताको दैनिक जनजिविकाको विषयलाई सम्वाेधन गर्ने वातावरण मिलाउन आग्रह गरे।

ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीका उप सचिव एवं प्रकाशन तथा प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले पार्टीको निति सिद्धान्त र कार्यक्रम जनताका बिच लैजाने संचारकर्मीहरू अझै घनिभुत ढंगले सक्रिय रूपले अगाडी आग्रह गरिन।

अधिकारीले बिकृती र विसङ्गतिको विरुद्ध निर्धक्कसंग कलम र आवाज मुखरित गर्न आग्रह गरिन।

कार्यक्रममा ने क पा ( एमाले ) केन्द्रिय प्रचार तथा प्रकाशन बिभाग सदस्य रामकृष्ण ज्ञवाली, प्रेस स्वतन्त्रता सेनानी बद्री बिनोद प्रतीक, प्रेस चौतारी नेपाल केन्द्रिय कमिटी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज सुस्मा पौडेल, प्रेस चौतारी नेपाल केन्द्रिय लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्साल, प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोग उपाध्यक्ष श्यामनाथ कुवँर, प्रेस चौतारी कास्कीका कार्यबाहक अध्यक्ष मोतिसागर अधिकारी, लमजुङ अध्यक्ष कृष्ण आले, बागलुङ अध्यक्ष सृजना पन्त, म्याग्दी अध्यक्ष प्रताप बानियाँ, स्याङ्जा अध्यक्ष सुशील सुबेदी,पर्बतबाट सृजना बराल, गोर्खा जिल्ला इन्चार्ज किरण लोहनी ,मुस्ताङ इन्चार्ज तिलक बि.क.सहितले मन्तव्य व्यक्त गरेका थिए।

 बैठकले संगठन मजबुतिकरणका लागि विभिन्न महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष इन्द्र पौडेलले जानकारी दिए।

 प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष उमाकान्त शर्माले स्वागत र महासचिव आश गुरुङले संचालन गरेका थिए।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्